श्रीलङ्काको आर्थिक वृद्धिदर ४ प्रतिशत भन्दा बढी पुग्ने अनुमान



कोलम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले आफ्नो सरकारले सन् २०२५ को बजेटबाट सरकारी पुँजीगत खर्चका लागि १.३५ ट्रिलियन रुपैयाँ (लगभग ४.६ अर्ब अमेरिकी डलर) विनियोजन गर्ने बताएका छन् । जुन हालैका सरकारी पूँजीगत खर्चमध्ये सबैभन्दा बढी हो ।

आर्थिक शिखर सम्मेलन सन् २०२५ मा दिसानायकेले यस्तो बताएका हुने । उनले सरकारले सन् २०२५ मा आर्थिक वृद्धिदर ४ प्रतिशत पुग्ने अपेक्षा गरेको र प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न तथा कायम राख्न आवश्यक सुविधा उपलब्ध गराउनु पर्ने बताए ।

“पूँजीगत खर्चको सम्पूर्ण विनियोजनलाई उपयोग गर्न सरकारले आवश्यक संयन्त्र बनाएर काम गरिरहेको छ ।”

श्रीलङ्कामा लगानी गर्न स्वीकृति पाउन अहिले ८२ विभिन्न संस्थाबाट स्वीकृति लिनुपर्ने र ती स्वीकृति पाउन साढे दुई वर्ष लाग्ने उनले जानकारी दिए । यो समयलाई ६ महिनामा झार्ने उनले वाचा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली कैदी आदानप्रदानमा शीर्ष प्यालेस्टिनी लडाकू रिहा

रमल्लाह । धेरै इजरायलीको हत्या गर्ने आक्रमणहरूका लागि जेल परेका प्यालेस्टिनी लडाकू समूहका

पाकिस्तानी प्रधानमन्त्री शाहबाजद्वारा इमरान खानको पार्टीसँग पुनः वार्ता सुरु गर्ने इच्छा व्यक्त

  इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) सँग वार्ता पुनः

सन् २०२४ मा दुबई विमानस्थलद्वारा नौ करोड २३ लाख यात्रुलाई सेवा प्रदान

दुबई । दुबईको अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष नौ करोड २३ लाख यात्रुले सेवा

इजरायली बन्धक बर्जरलाई हमासले लगायो रेडक्रसको जिम्मा

जेरुसेलम । प्यालेस्टिनी लडाकू समूह (हमास)ले इजरायली महिला बन्धक अगम बर्जरलाई बिहीबार सुपुर्दगी