महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट एकजनाको मृत्यु



नयाँदिल्ली । पश्चिम भारतको महाराष्ट्र राज्यमा गुइलेन–ब्यारे सिन्ड्रोम (जीबीएस) बाट पीडित एक व्यक्तिको मृत्यु भएको छ ।

जीबीएस एक न्यूरोलोजिकल रोग हो, जसले पखाला सुरु गर्नुको साथै अचानक सुन्निने, कमजोरी र दुखाइ निम्त्याउँछ ।

यो महाराष्ट्रमा पहिलो मृत्यु हो, जुन जीबीएसको कारणले भएको शङ्का गरिएको छ ।

मुम्बईको १५० किलोमिटर दक्षिण–पूर्व पुणेमा जीबीएसको प्रकोप रिपोर्ट गरिएको छ, जहाँ मामिलाहरूको सङ्ख्या १०१ पुगेको छ ।

स्वास्थ्य विभागको द्रुत प्रतिक्रिया टोली र पुणे नगर निगमका अधिकारीहरूले प्रभावित क्षेत्रहरूमा उनीहरूको निगरानीलाई तीव्र पारेका प्रतिवेदनमा भनिएको छ ।

ब्याक्टेरिया र भाइरल इन्फेक्सनले बिरामीको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले सामान्यतया जीबीएस हुने गरेको चिकित्सकहरू बताउँछन् । यद्यपि यो साना केटाकेटी र युवाहरूमा प्रचलित छ ।

अधिकांश बिरामीहरू उपचारबाट पूर्ण रूपमा निको भएकाले मानिसहरूलाई नडराउन आग्रह गरिएको छ ।

यसैबीच, भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयले जीबीएस प्रकोप पछिको अवस्थाको मूल्याङ्कन गर्न सात सदस्यीय टोली पुणे पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरणका क्रममा यसरी आकाशमै ठोक्किए जहाज र हेलिकप्टर(भिडियोसहित)

बीबीसी । वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक

श्रीलङ्काको आर्थिक वृद्धिदर ४ प्रतिशत भन्दा बढी पुग्ने अनुमान

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले आफ्नो सरकारले सन् २०२५ को बजेटबाट

भारतको झारखण्डमा प्रहरीसँगको मुठभेडमा दुई नक्सलवादीको मृत्यु

नयाँदिल्ली । भारतीय सुरक्षा बलले देशको पूर्वी राज्य झारखण्डमा दुई नक्सलवादीलाई मारेको स्थानीय

भारतमा १०० औं स्याटेलाइट प्रक्षेपण सफल

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘नेभिगेसन स्याटेलाइट एनभीएस–०२’ बोक्ने आफ्नो