आफूले बेलारुसमा लोकतन्त्रको अभ्यास गरिरहेको लुकासेन्कोको दाबी



मिन्स्क । क्रेमलिनका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले आफ्नो देशले ‘व्यवस्थित लोकतन्त्र’ को अभ्यास गरिरहेको बताएका छन् ।

लुकासेन्कोले आइतबार राष्ट्रपति निर्वाचनका लागि मतदान गरेपछि प्रतिक्रिया दिँदै आफ्नो देशले ‘व्यवस्थित लोकतन्त्र’ को अभ्यास गरिरहेको बताएका हुन् ।

उनले करिब एक हजारको हाराहारीमा रहेका राजनीतिक बन्दीले माफी मागेमा उनीहरूलाई रिहा गर्न सकिने उक्त अवसरमा बताए । तर उनले निर्वासित विरोधीहरूसँग वार्ता गर्ने बिषयलाई अस्वीकार गरे ।

“बेलारुसमा हामी ‘व्यवस्थित लोकतन्त्र’ को अभ्यास गरिरहेका छौँ,” आफ्नो सातौं कार्यकालका लागि भएको निर्वाचनमा मतदान गरेपछि पत्रकारसँग कुरा गर्दै उनले भने ।
उनले भने, “हामी कसैलाई दबाब दिँदैनौँ र कसैको वाक स्वतन्त्रतामा बन्देज लगाउने छैनौँ ।

जेलमा रहेका आलोचकहरूले माफी माग्नुपर्छ भन्दै उनले भने, “यदि उहाँहरूले माफी माग्नुभएन भने उहाँहरू ठीक भएको दावी हो । प्रशासनले उहाँहरूले गल्ती गरेको अभियोगलाई अदालतले दोषी ठहर गरेपछि मात्रै उहाँहरूलाई जेल सजाय सुनाएको र जेलमा पठाएको हो । रिहाईका लागि उहाँ (विपक्षी) हरूले माफी माग्नुपर्छ।”

पत्रकार सम्मेलनमा लुकासेन्कोले युरोपेली सङ्घको आलोचनालाई पनि नकारेका छन् । युरोपेली सङ्घका उच्च कूटनीतिज्ञ काजा कल्लासले लुकाशेन्कोको ‘कुनै वैधता नभएको’ र उनको नेतृत्वमा भइरहेको राष्ट्रपतिको निर्वाचनलाई ‘लोकतन्त्रको घोर अपमान’ भनेका छन् ।

लुकासेन्कोले अन्य देशले निर्वाचनको परिणामलाई मान्यता दिने वा नदिने भन्ने विषयमा आफूलाई कुनै चिन्ता नभएको बताउँदै ‘यो स्वादको विषय’ भएको बताए ।

उनले सन् २०२० को राष्ट्रपतीय चुनावमा आफूविरुद्ध लडेका स्वेतलाना तिखानोभस्कायाजस्ता निर्वासित प्रतिद्वन्द्वीसँग कुरा गर्ने विचारलाई पनि अस्वीकार गरे । उनले भने, “मैले उनीहरूसँग के कुरा गर्नुपर्ला?“

उनले निर्वासनमा रहेकाहरूले आ–आफ्नो छनौट गरेको बताउँदै भने, “हामीले कसैलाई पनि देशबाहिर धकेलेका छैनौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते

बेरुत ।  लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु

पाकिस्तानी सेनाको चेकपोष्टमा आक्रमण, दुई सैनिक मारिए

इस्लामावाद ।  पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सेनाको एउटा चेकपोस्टमा भएको आक्रमणमा दुई सैनिक

बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता

ढाका । एसियाली विकास बैङ्क (एडिबी) र बङ्गलादेश सरकारले सार्वजनिक निजी साझेदारी मोडल

अमेरिकाका लागि ‘आइरन डोम’ मिसाइल सुरक्षा प्रणालीको योजना बनाउन ट्रम्पको आदेश

मायामी (अमेरिका) । राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाका निम्ति इजरायलले हजारौँ रकेट