जापानमा रेल स्टेसनमा छुरा प्रहार गर्ने एक व्यक्ति पक्राउ



टोकियो । जापानको राजधानी टोकियोको एक रेल स्टेसनमा छुरा प्रहार गरी एक जनाको हत्या गर्ने एक व्यक्तिलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जापानको मध्य भागमा रहेको जेआर नागानो स्टेसनबाहिर बुधबार साँझ भएको आक्रमण हिंसात्मक अपराधको दुर्लभ घटना हो । आक्रमणमा एक व्यक्तिको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।

प्रहरीले ४६ वर्षीय स्थानीय व्यक्तिलाई पक्राउ गरेकोसरकारी प्रसारक एनएचकेद्वारा प्रसारित पत्रकार सम्मेलनमा एक अधिकारीले बताए ।

उनलाई हत्यामा संलग्न भएको आरोपमा प्रक्राउ गरिएको छ भने उनीमाथि अन्य थप आरोप लाग्न सक्छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणमा ४९ वर्षीय एक पुरुषको मृत्यु भएको थियो भने ३० वर्षीय एक पुरुष गम्भीर घाइते भएका थिए भने ४० वर्षीया एक महिला सामान्य घाइते भएकी थिइन् ।

जापानी सञ्चारमाध्यमले अनुसन्धान स्रोतलाई उदृत गर्दै भनेको छ, “रेल स्टेसनबाहिर बस स्टपमा तीनै जनालाई लक्षित गरी आक्रमण गरिएको थियो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पद्वारा मध्यपूर्वसम्बन्धी नीतिमा ठूलो परिवर्तनको घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको मध्यपूर्वसम्बन्धी नीतिमा दशकौँ यताको

जापानी प्रधानमन्त्रीले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने

  टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा

चिनियाँ विज्ञान प्रविधि सङ्ग्रहालयमा दर्शकको चाप

बेइजिङ । चीनका विज्ञान–प्रविधि सङ्ग्रहालय (सीएसटीएम) सन् २०२५ मा ३० लाखभन्दा बढीले भ्रमण

मङ्गोलियामा ५ मध्ये १ जनाको क्यान्सरका कारण मृत्यु

उलनबटार । मङ्गोलियामा मृत्युको प्रमुख कारणमा क्यान्सर रहेको देशको राष्ट्रिय क्यान्सर केन्द्र (एनसीसी)