विदेशमा दिइने सहायता ‘स्थगित गर्न’ अमेरिकी विदेश मन्त्रालयको निर्देशन



बीबीसी । अमेरिकी विदेश मन्त्रालयले सबै प्रकारका वैदेशिक सहायता तत्कालका लागि रोक लगाउन निर्देशन दिएको छ ।

देशबाहिर रहेका आफ्ना अधिकारी तथा अमेरिकी दूतावासहरूलाई पठाएको एउटा आन्तरिक पत्राचारमा उसले हाल कायम सबै वैदेशिक सहायतालाई तत्कालका लागि रोक लगाएको र नयाँ सहायता दिने कार्यलाई पनि स्थगित गरेको पाइएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले गत सोमबार अमेरिकाले दिँदै आएको वैदेशिक विकास सहायतालाई ९० दिनका लागि स्थगित गर्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । उक्त आदेशपछि मन्त्रालयले आफू मातहतका निकायहरूमा त्यस्तो पत्र पठाएको पाइएको हो ।

ट्रम्पले त्यस्ता सहायताहरूको प्रभावकारिता र निरन्तरताबारे समीक्षा गरेर आफ्नो विदेश नीतिलाई अघि बढाउने उद्देश्यसाथ उक्त कार्यकारी आदेश जारी गरेको बताइएको छ । सरकारी तथ्याङ्कअनुसार अमेरिका विश्वकै सबैभन्दा धेरै वैदेशिक विकास सहायता दिने देश हो ।

उसले सन् २०२३ मा ६८ अर्ब अमेरिकी डलर बराबर उक्त पत्राचारमा कर्मचारीलाई निर्देशन दिँदै भनिएको छ, ‘प्रत्येक प्रस्तावित नयाँ सहायता वा हाल कायम रहेका सहायताको थप विस्तारबारे समीक्षा तथा अनुमोदन नभएसम्म नयाँ सहायता वा विद्यमान सहायताहरूको विस्तारका लागि कुनै पनि नयाँ कोष बाध्य हुने छैनन्।’

पत्रमा सबै वैदेशिक सहायताबारे व्यापक रूपमा ८५ दिनभित्र समीक्षा गरेर त्यसले राष्ट्रपति ट्रम्पका विदेश नीतिसम्बन्धी लक्ष्य पूर्ति गर्ने सुनिश्चित गर्न निर्देशन दिइएको छ। विदेश मन्त्रालयको सूचनापछि विकासदेखि सैन्य सहायतासम्म सबैलाई असर गरेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पद्वारा मध्यपूर्वसम्बन्धी नीतिमा ठूलो परिवर्तनको घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको मध्यपूर्वसम्बन्धी नीतिमा दशकौँ यताको

जापानी प्रधानमन्त्रीले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने

  टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा

चिनियाँ विज्ञान प्रविधि सङ्ग्रहालयमा दर्शकको चाप

बेइजिङ । चीनका विज्ञान–प्रविधि सङ्ग्रहालय (सीएसटीएम) सन् २०२५ मा ३० लाखभन्दा बढीले भ्रमण

मङ्गोलियामा ५ मध्ये १ जनाको क्यान्सरका कारण मृत्यु

उलनबटार । मङ्गोलियामा मृत्युको प्रमुख कारणमा क्यान्सर रहेको देशको राष्ट्रिय क्यान्सर केन्द्र (एनसीसी)