भियतनाम प्रहरीद्वारा अवैधरूपमा डलर कारोबार गर्ने गिरोह पक्राउ



हनोई । भियतनाम प्रहरीले बाह्य देशबाट एक अर्ब २० करोड डलर बराबरको अवैध रकम मुलुकमा ल्याउने पाँच व्यक्तिलाई पक्राउ गरी कारबाही गरेको छ ।

सन् २०२२ देखि २०२४ सम्म बैङ्क कर्मचारीसहितको गिरोहले परिचयपत्र र बैङ्क छाप जालसाजी गरी १८७ व्यवसाय स्थापना गरी छ सयभन्दा बढी कर्पोरेट बैङ्क खाता खोलेका थिए ।

यी खाताहरू विदेशमा धोखाधडी वा जुवाको माध्यमबाट प्राप्त गरिएको पैसा स्थानान्तरण र वैधानिक बनाउन प्रयोग गरिएको थियो । प्रहरीका अनुसार उनीहरूको कूल लेनदेन करिब एक अर्ब २० करोड डलर (३० हजार अर्ब डोङ) थियो ।

एक बैंक कर्मचारीसहित पक्राउ गरिएका व्यक्तिहरू डानाङमा थिए । प्रहरीले यो मध्य तटीय सहरमा सार्वजनिक भएको सबैभन्दा ठूलो अवेध सम्पत्ती कारोबार सम्बन्धी मुद्दा भएको बताएको छ । प्रहरीले गिरोहबाट १२२ वटा नक्कली छाप र ४० वटा व्यापार दर्ता प्रमाणपत्रका मूल प्रतिलिपिहरू जफत गरेको छ ।

अक्टोबरमा भियतनामी व्यापारी ट्रुओङ माई लानलाई मनी लन्ड्रिङको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको थियो । यद्यपि उनले फैसला पुनरावलोकनका लागि पुनरावेदन गरेका छन् । प्रोपर्टी डेभलपर उहाँलाई पहिले नै छुट्टै मुद्दामा २७ अर्ब डलरको ठगीका लागि मृत्युदण्ड दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियामा सैनिक कारबाहीमा २५ लडाकुको मृत्यु

अबुजा । नाइजेरियाली सेनाले कुख्यात विद्रोही लडाकु समूह बेलो टुर्जीको नेतृत्वमा रहेको गिरोहका

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

ताइयुवान। चीनले उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहीबार ‘नयाँ उपग्रह

बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय

रायपुर । भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै

इजरायली सहरले ट्रम्पको नाममा छिमेकलाई नयाँ नाम दिँदै

तेल अभिव । जुडिया क्षेत्रमा रहेको इजरायली शहर माले अदुमिमका मेयरले बुधबार आफ्नो