अमेरिकी फिर्तीपछि अर्बपति ब्लुमबर्गले संयुक्त राष्ट्र जलवायु निकाय कोष जुटाउने



वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट दोस्रो पटक अमेरिका फिर्ता हुने घोषणा गरेपछि अर्बपति माइकल ब्लुमबर्गले आफ्नो फाउन्डेसनले संयुक्त राष्ट्र जलवायु परिवर्तन निकायलाई वित्तीय सहयोग गर्ने घोषणा गरेका छन् ।

ब्लुमबर्गको यो हस्तक्षेपले संयुक्त राष्ट्र फ्रेम वर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज (युएनएफसिसिसी) लाई पूर्ण रूपमा वित्त पोषण गर्ने लक्ष्य राख्दछ । यद्यपि अमेरिकाले आफ्नो योगदान रोकेको छ ।

अमेरिकाले साधरणतया युएनएफसिसिसी सचिवालयको बजेटको २२ प्रतिशत योगदान गर्दछ । युएनएफसिसिसीको परिचालन खर्च २०२४-२०२५ मा आठ करोड ८४ लाख युरो अनुमान गरिएको छ ।

“सन् २०१७ देखि २०२० सम्म संघीय गैर-कार्यको अवधिमा सहर, राज्य, व्यवसाय र सार्वजनिक क्षेत्रले हाम्रो राष्ट्रको प्रतिबद्धतालाई सम्मान गर्न चुनौती स्वीकार गरेका थिए र अब हामी फेरि तयार छौँ”, जलवायु महत्त्वाकांक्षा र समाधानका लागि संयुक्त राष्ट्रका विशेष दूत ब्लुमबर्गले एक विज्ञप्तिमा भने ।

अमेरिकी संघीय असंलग्नताका कारण सिर्जित खालीपनलाई भर्न ब्लुमबर्गले कदम चालेको यो दोस्रो पटक हो ।

सन् २०१७ मा ट्रम्प प्रशासनले पेरिस सम्झौताबाट पहिलो पटक फिर्ता लिएपछि ब्लुमबर्गले युएनएफसिसिसीलाई सहयोग गर्न एक करोड ५० लाख डलरसम्म दिने वाचा गरेका थिए ।

उनले ‘अमेरिकाको प्रतिबद्धता’ नामक पहल पनि सुरु गरेका छन् । यसले संघीय स्तर बाहेकका अमेरिकी जलवायु प्रतिबद्धताहरूको अनुगमन र प्रतिवेदन गर्दछ । यसले विश्वलाई अमेरिका अझै पेरिस सम्झौताको पूर्ण पक्ष हो जस्तै प्रगति अनुगमन गर्न सक्षम बनाउँछ ।

ब्लुमबर्गले यो पटक पनि अमेरिकी रिपोर्टिङ दायित्वहरू पालना गर्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्‍याए ।

“यस्ता योगदानहरू संयुक्त राष्ट्र जलवायु परिवर्तन सचिवालयलाई मुलुकहरूलाई पेरिस सम्झौता अन्तर्गत आफ्ना प्रतिबद्धताहरू पूरा गर्न र कम उत्सर्जन, लचिलो, र सुरक्षित भविष्यको लागि अघि बढ्न महत्त्वपूर्ण छन्”, संयुक्त राष्ट्रका जलवायु प्रमुख साइमन स्टिलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियामा सैनिक कारबाहीमा २५ लडाकुको मृत्यु

अबुजा । नाइजेरियाली सेनाले कुख्यात विद्रोही लडाकु समूह बेलो टुर्जीको नेतृत्वमा रहेको गिरोहका

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

ताइयुवान। चीनले उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहीबार ‘नयाँ उपग्रह

बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय

रायपुर । भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै

भियतनाम प्रहरीद्वारा अवैधरूपमा डलर कारोबार गर्ने गिरोह पक्राउ

हनोई । भियतनाम प्रहरीले बाह्य देशबाट एक अर्ब २० करोड डलर बराबरको अवैध