नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो



अबुजा । मध्य नाइजेरियामा एक पेट्रोल ट्याङ्करमा भएको विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । गम्भीर घाइते १२ जनाको अस्पतालमा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

स्थानीय आपतकालीन व्यवस्थापन एजेन्सीका प्रमुख अब्दुल्लाही बाबा–आराले शनिबार उत्तर–मध्य नाइजर राज्यको व्यस्त सडकमा पेट्रोल ट्याङ्कर पल्टिएको बताए । मानिसहरु इन्धन निकाल्न खोजिरहेका बेला विस्फोट भएको थियो । घटनास्थलमा रहेको पावर जेनेरेटरको स्विच अन हुँदा विष्फोट भएको बताइएको छ ।

उद्धार कार्यका क्रममा थप पीडित भेटिएपछि घाइतेको सङ्ख्या ५५ जना रहेको बाबा आराले बताए ।

“नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सीले अन्य घाइते पीडितहरूलाई आवश्यक सहयोग प्रदान गर्न सक्दो प्रयास गरिरहेको छ,” उनले भने ।

राष्ट्रपति बोला टिनुबुले घाइतेहरूलाई व्यापक स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफ्रिकी सुन खनिकको व्यथा

जोहानेसबर्ग । सयौं फसेका खनिकहरूका लागि नरकको प्वाल बनेको ‘स्टिलफन्टेन साफ्ट’ दक्षिण अफ्रिकाका

ब्राजिलमा सन् २०२४ मा डढेलो क्षेत्रमा ७९ प्रतिशतले वृद्धि

रियो दि जेनेरियो । ब्राजिलमा गत वर्ष लागेको डढेलोले इटालीको सम्पूर्ण क्षेत्रभन्दा ठूलो

जेजु एयर दुर्घटनापछि दक्षिण कोरियाले विमानस्थलको कङ्क्रिट संरचनालाई परिवर्तन गर्ने

सियोल । दक्षिण कोरियाली अधिकारीहरूले जेजु एयर दुर्घटनापछि देशका केही विमानस्थलमा उडाको निगरानी

बङ्गलादेश एयरलाइन्सको विमानमा बमको धम्की

ढाका । इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की