इन्डोनेसियाको हरित ऊर्जाका लागि एडीबीको वित्तिय समर्थन



मनिला । एसियाली विकास बैङ्क (एडीबी) ले इन्डोनेसियाको भू–तापीय ऊर्जा स्रोतहरू विकास गर्न पिटि सुप्रिम एनर्जी मुरा लाबोह (एसइएमएल) सँग ९२.६ डलर करोडको वित्तीय सम्झौतामा हस्ताक्षर गरेको छ ।

“यो सुविधा विस्तार गरेर इन्डोनेसियामा ८३ मेगावाटको अनुमानित क्षमताको नयाँ जियोथर्मल पावर प्लान्टको निर्माण, सञ्चालन र मर्मतसम्भारलाई समर्थन गरिनेछ,” एडीबीले भनेको छ ।

सन् २०१३ देखि, एडीबीले इन्डोनेसियामा चार जियोथर्मल पावर प्लान्टमा लगानी गरेको छ । मनिलास्थित बैङ्कले जियोथर्मल पावर प्रोजेक्ट लगायतका परियोजनाहरूका लागि सहयोग गरेको छ ।

विश्वको सबैभन्दा ठूलो जियोथर्मल ऊर्जा भण्डार इन्डोनेसियामा रहेको छ । उक्त पावर प्लान्टको क्षमता २३.१ गीगावाट रहेको छ । इन्डोनेसिया सरकारले जियोथर्मल प्लान्टहरूको विकासलाई प्राथमिकतामा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तान्जानियामा घातक मारबर्ग भाइरसको शङ्कास्पद प्रकोपका

ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह

वासिङ । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

बीबीसी । महाअभियोग लागेका दक्षिण कोरियालका निलम्बित राष्ट्रपति योन सुक योल पक्राउ परेका

ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित

लस एन्जलस । अमेरिकी एयरोस्पेस कम्पनी ब्लू ओरिजिनले तय गरेको आफ्नो विशाल न्यू