महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान



लखनउ । बहुप्रतीक्षित सन् २०२५ महाकुम्भ सुरु भएसँगै दुई नदीहरूको सङ्गम गङ्गा र यमुनामा पवित्र स्नान गर्न भक्तहरू भेला भएका छन् ।

उत्तर प्रदेशका प्रहरी महानिदेशक (डीजीपी) प्रशान्त कुमारले करिब एक करोड मानिसहरूले पवित्र सङ्गममा स्नान गरेका जानकारी दिए । उनले भने, “अहिलेसम्म करिब एक करोड भक्तहरूले सङ्गम क्षेत्रमा पहिलो दिनमा ‘अमृत स्नान’ गरेका छन् ।”

सङ्गममा भक्तजनको चहलपहल जारी रहेकाले प्रहरी तैनाथ रहेको र प्रहरी प्रशासनले ड्रोनबाट अनुगमन गरिरहेको उनले बताए । डीजीपीले कुनै पनि दुर्घटनाको बारेमा कुनै जानकारी रिपोर्ट हालसम्म गरिएको छैन ।

“सङ्गममा भक्तजनको घुइँचो जारी छ, त्यहाँ प्रहरीको उपस्थिति छ, ड्रोनको निगरानी पनि भइरहेको छ साथै सुरक्षाका लागि अन्डरवाटर ड्रोनको पनि प्रयोग गरिएको छ । अहिलेसम्म प्रयागराज क्षेत्रमा कुनै अप्रिय घटना घटेको छैन । राज्यका सबै वरिष्ठ अधिकारी र सीएमओ कार्यालयले स्थितिलाई निगरानी गरिरहेका छन्,” डीजीपी कुमारले भने ।

“सडकबाट आउने भक्तजनका लागि यातायात विभागले गरेको सबै व्यवस्था पनि सुचारु रूपमा चलिरहेको छ । प्रयागराज जाने सबै सडकमा सवारी आवागमनमा कुनै अवरोध छैन । आजको व्यवस्थामा देखिएका कमजोरीलाई भोलिका लागि सुधार गरी काम गरिने छ,” उनले भने ।

विश्वको सबैभन्दा ठूलो धार्मिक कार्यक्रम महाकुम्भ सन् २०२५ औपचारिक रूपमा प्रयागराजमा सुरु भएको छ ।

गङ्गा, यमुना र सरस्वती नदीको पवित्र सङ्गमस्थल त्रिवेणी सङ्गममा हजारौं भक्तजन यसअघि नै स्नानमा सहभागी भइसकेका छन् । सरकारले उक्त कार्यक्रमको तयारीलाई व्यवस्थित बनाएको छ । मेला क्षेत्रमा १५ हजार सरसफाइ कार्यकर्ता, २५ सय गङ्गा सेवा दूत (स्वयंसेवक) मुख्य व्यवस्थाहरू रहेका छन् ।

राज्य सरकारले ६९ हजार एलईडी बत्ती स्थापना गरेको छ, जसमा सौर्य हाइब्रिड सडक प्रकाश, दुई हजार ७५० भीड–निगरानी क्यामेरा र २४/७ एकीकृत कमाण्ड र नियन्त्रण केन्द्र निगरानी समावेश छ ।

पौष पूर्णिमाको शुभ अवसरमा सोमबारदेखि शुरु भएको ४५ दिने महाकुम्भमा भक्तजनको सहयोगका लागि उत्तर प्रदेश प्रहरीले फ्लोटिङ्ग प्रहरी चौकी स्थापना गरेको छ । कार्यक्रमको सुरक्षाका लागि स्थानीय प्रहरी र अर्धसैनिक बलसहित १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ) ले भक्तहरूको सुरक्षा सुनिश्चित गर्न सङ्गममा एम्बुलेन्स तैनाथ गरेको छ । सम्पूर्ण कार्यक्रममा चिकित्सक र एनडीआरएफ अफिसरहरू सहितको मेडिकल सुविधासहितको एम्बुलेन्सहरू २४÷७ सञ्चालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन् २०२५ मा सवारी साधनको उत्सर्जन करिब नौ गिगाटन पुग्ने

बर्लिन । विद्युतीय सवारी साधनको तीव्र वृद्धि कारण सडक यातायातबाट सिओ–२ उत्सर्जन यो

हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित

जेनेभा । हैटीमा गिरोह हिंसाका कारण आफ्नो घर छोडेर भागेका मानिसहरूको सङ्ख्या गत

सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु

सुडान । सुडानको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा

गाजामा युद्धविरामका लागि कतारमा पुनः वार्ता, वार्ता सहमति नजिक

बीबीसी । गाजामा लडाइँ रोक्ने सहमतिलाई अन्तिम रूप दिन वार्ताकारहरूले कतारमा फेरि बैठक