इन्डोनेसियाले अन्तर्राष्ट्रिय कार्बन व्यापार सुरु गर्ने



जकार्ता । इन्डोनेसियाली सरकारले जनवरी २० मा आफ्नो पहिलो विदेशी कार्बन व्यापार सुरु गर्ने तयारी गरेको देशको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विदेशी कार्बन व्यापार इन्डोनेसियाली कार्बन एक्सचेन्ज मार्फत गरिने छ । जलवायु लक्ष्यहरू प्राप्त गर्न इन्डोनेसियाको प्रयासहरूको भागको रूपमा धेरै रणनीतिक ऊर्जा परियोजनाहरू समावेश हुने एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

वन तथा वातावरण मन्त्री हनिफ फैसोल नुरोफिकले राष्ट्रिय रजिस्ट्री प्रणालीलाई अप्टिमाइजेसनका साथै पूर्वाधार र अन्य उपकरणको तयारी गरी प्रक्षेपण गरिने बताए ।

मन्त्रीले राष्ट्रिय निर्धारित योगदान कागजातमा उल्लेख गरिए अनुसार इन्डोनेसियाको जलवायु लक्ष्यहरू पूरा गर्ने उद्देश्यले कार्बन व्यापार गर्ने कुरा सुनिश्चित गरे ।

इन्डोनेसियाले आफ्नो प्रयासबाट ३१.८९ प्रतिशतले उत्सर्जन घटाउने र सन् २०३० सम्ममा अन्तर्राष्ट्रिय सहयोगमा ४३.२० प्रतिशतले कार्बन उत्सर्जन घटाउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन् २०२५ मा सवारी साधनको उत्सर्जन करिब नौ गिगाटन पुग्ने

बर्लिन । विद्युतीय सवारी साधनको तीव्र वृद्धि कारण सडक यातायातबाट सिओ–२ उत्सर्जन यो

हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित

जेनेभा । हैटीमा गिरोह हिंसाका कारण आफ्नो घर छोडेर भागेका मानिसहरूको सङ्ख्या गत

सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु

सुडान । सुडानको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा

गाजामा युद्धविरामका लागि कतारमा पुनः वार्ता, वार्ता सहमति नजिक

बीबीसी । गाजामा लडाइँ रोक्ने सहमतिलाई अन्तिम रूप दिन वार्ताकारहरूले कतारमा फेरि बैठक