पाकिस्तानमा हेपाटाइटिस सीको सङ्क्रमणदर उच्च



इस्लामाबाद । पाकिस्तानमा हेपाटाइटिस सीका बिरामीको सङ्ख्या विश्वमा सबैभन्दा बढी रहेको छ ।

हेपाटाइटिस उन्मूलनसम्बन्धी हेल्थ फाउण्डेशनले आयोजना गरेको गोष्ठीमा सहभागीहरूलाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्रीका स्वास्थ्य संयोजक मलिक मुख्तार अहमद भरतले भने,“यसले हामीलाई यो रोग उन्मूलन गर्ने विश्वव्यापी प्रयासको केन्द्रमा राखेको छ । ”

मलिक मुख्तार अहमद भरतले हेपाटाइटिस सीको सामना गर्न सामूहिक कार्यको तत्काल आवश्यकतामा जोड दिए ।

उनले भने,“यदि हामीले कदम चालेनौं भने पाकिस्तानले सन् २०३५ सम्ममा ११ लाख भन्दा बढी एचसीवी केसहरूको सामना गर्नेछ, जसको कारण पाँच लाख भन्दा बढी कलेजो सिरोसिसका घटनाहरू हुनेछन् ।”

उनले यसबाट वार्षिक २८ करोड ५० लाख अमेरिकी डलरभन्दा बढीको नोक्सानी हुने बताए । सन् २०२१ सम्म, पाकिस्तानमा हेपाटाइटिस सी मामिलामा केवल १६ प्रतिशतले उपचार पाएका थिए, जसमा परीक्षण र उपचारको पहुँच प्रमुख चुनौतीहरू थिए ।

सङ्घीय सरकारले प्रान्तीय सरकारहरूसँगको सहकार्यमा यी चुनौतीहरूलाई सम्बोधन गर्न आगामी तीन वर्षमा पाकिस्तानी रुपैयाँ (पीकेआर) ३४.१५ अर्ब विनियोजन गर्ने योजना गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन् २०२५ मा सवारी साधनको उत्सर्जन करिब नौ गिगाटन पुग्ने

बर्लिन । विद्युतीय सवारी साधनको तीव्र वृद्धि कारण सडक यातायातबाट सिओ–२ उत्सर्जन यो

हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित

जेनेभा । हैटीमा गिरोह हिंसाका कारण आफ्नो घर छोडेर भागेका मानिसहरूको सङ्ख्या गत

सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु

सुडान । सुडानको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा

गाजामा युद्धविरामका लागि कतारमा पुनः वार्ता, वार्ता सहमति नजिक

बीबीसी । गाजामा लडाइँ रोक्ने सहमतिलाई अन्तिम रूप दिन वार्ताकारहरूले कतारमा फेरि बैठक