गाजा युद्धविराम वार्ताबारे कतारद्वारा ट्रम्पका प्रतिनिधिलाई जानकारी



दोहा ।  इजिप्ट र अमेरिकासँग मिलेर मध्यस्थता गरिरहेको गाजा युद्धविराम वार्ताबारे मध्यस्थकर्ता कतारले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफलाई जानकारी गराएको जनाएको छ ।

दोहामा भएको भेटमा प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले विटकोफसँग यस क्षेत्रको पछिल्लो घटनाक्रम र विशेषगरी गाजामा युद्धविराम गर्ने प्रयासबारे छलफल गरेको कतारी विदेश मन्त्रालयले जनाएको छ ।

यसै महिनाको सुरुमा मध्यस्थकर्ताहरूले गाजा युद्ध अन्त्य गर्न र प्यालेस्टिनी क्षेत्रमा बन्धक बनाइएका दर्जनौं इजरायली बन्धकहरूको रिहाईका लागि नयाँ प्रयास सुरु गरेका थिए । कूटनीतिक स्रोतहरूले हमास र इजरायलमाथि अप्रत्यक्ष वार्तामा सम्झौता गर्न अन्तर्राष्ट्रिय दबाब बढिरहेको सङ्केत गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्तामा ‘वास्तविक प्रगति’ भएको बताएका छन् ।

ट्रम्पले जनवरी २० मा आफ्नो शपथ ग्रहण गर्नुअघि बाँकी बन्दीहरूलाई रिहा नगरे हमासलाई ‘नराम्रो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका थिए ।

विश्लेषकहरूका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले जो बाइडेनको प्रशासनको अन्तिम दिनमा भन्दा ट्रम्पको कार्यकालमा सम्झौतालाई अन्तिम रूप दिन चाहेको बताइँदै आएको छ ।

इजरायली थिङ्क ट्याङ्क ‘मिसगाभ इन्स्टिच्युट फर नेसनल सेक्युरिटी एण्ड जियोनिस्ट स्ट्राटेजी’का वरिष्ठ अनुसन्धाता कोबी माइकलले यसै साताको सुरुमा एएफपीसँग भनेका थिए, ‘अमेरिकी राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन नेता ट्रम्पले कार्यभार सम्हाल्दासम्म म महत्वपूर्ण प्रगतिको अनुमान गर्न सक्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जेजु एयर विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको खुलासा

सियोल । दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र

चीनमा अन्तर्राष्ट्रिय सञ्चार केन्द्र स्थापना

चाङचुन । उत्तरपूर्वी चीनको जिलिन प्रान्त र बाँकी विश्वबीचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले

अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द

सान फ्रान्सिस्को । संयुक्त राज्य अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू

पाकिस्तानमा कोइला खानीमा विस्फोट हुँदा चार जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार