तिब्बतमा भूकम्पपछि एक हजार २११ परकम्पन



ल्हासा । दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार दिउँसो ३  बजेसम्म कूल एक हजार २११ वटा परकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।

चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार ६.८ म्याग्निच्यूडको भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् ।

भूकम्पका कारण १२६ जनाको मृत्यु हुनुका साथै १८८ जना घाइते भएका थिए भने फसेका ४०७ जनाको उद्धार गरिएको छ ।

क्षेत्रीय भूकम्प ब्यूरोका अनुसार ६.८ म्याग्निच्यूडको भूकम्पको केन्द्रविन्दुबाट करिब १८ किलोमिटरको दूरीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । ३३ वटा पराकम्पन तीनभन्दा बढी म्याग्निच्युडको रहेको पनि ब्यूरोले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई वर्षको रिक्ततापछि लेबनानको राष्ट्रपतिमा सेना प्रमुख अउन निर्वाचित

बेरुत । लेबनानका सांसदहरूले बिहीबार सेना प्रमुख जोसेफ अउनलाई दुई वर्षको पद रिक्ततापछि

ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै

  मस्को । क्रेमलिनले अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको ग्रिनल्यान्डमाथिको दावीलाई नजिकबाट नियालिरहेको सरकारका

चीनमा नयाँ एमपक्स स्ट्रेनका पाँच सङ्क्रमित फेला

  बेइजिङ  । चीनले नयाँ एमपक्स स्ट्रेनका पाँचवटा घटना रेकर्ड गरेको तर ‘प्रकोपलाई

चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि

बेइजिङ । विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष