शक्तिशाली भूकम्पबाट सिगात्से क्षेत्रमा ९ जनाको मृत्यु



काठमाडौं । भूकम्पबाट तिब्बतमा ९ जनाको मृत्यु भएको छ । सिजाङ स्वायत्त क्षेत्रको सिगात्सेको दिङ्ग्रे काउन्टीमा मङ्गलबार बिहान गएको ७ म्याग्निच्यूडको भूकम्पबाट ९ जनाको मृत्यु भएको चिनिया समाचार संस्था सिन्ह्वालाई उदृत गर्दै ग्लोलब टाइम्सले जनाएको छ ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार भूकम्पबाट यस क्षेत्रमा घर भत्किएका छन् । स्थानीय प्रशासनले उद्धार कार्यका लागि यातायात, जलस्रोत, आवास तथा शहरी–ग्रामीण विकास, नगरपालिकाका पदाधिकारी र गाउँपालिकाका कार्यकर्तालाई परिचालन गरेको छ ।

भूकम्पबाट बच्न स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानान्तरणको व्यवस्था गरिरहेको दिङ्ग्रे काउन्टीका गभर्नरले बताएका छन् ।

भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको थियो । भूकम्पपछि मानिसहरु घर बाहिर निस्केका थिए । नेपालमा भने भूकम्पको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।

भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो ।

भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआई क्षेत्रमा लगानी गर्दै माइक्रोसफ्ट

नयाँदिल्ली । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आगामी दुई वर्षमा भारतमा क्लाउड कम्प्युटिङ र

रक्षामा जिडिपीको ३ प्रतिशत खर्च ‘यथार्थपरक’ : चेक प्रधानमन्त्री

  प्राग । अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले नाटो सदस्यहरूलाई खर्च बढाउन आग्रह गरेको

वी नारायणन भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनको प्रमुख नियुक्त

नयाँदिल्ली । भारतको सङ्घीय सरकारले वी नारायणनलाई भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को

अमेरिकामा बर्ड फ्लूको कारण पहिलो मानवको मृत्यु

लुइसियाना। अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको लुइसियानाको स्वास्थ्य विभागले जनाएको