इजरायललाई आठ अर्ब डलरको हतियार बिक्री गर्ने अमेरिकी योजना



वासिङटन । अमेरिकी विदेश विभागले इजरायललाई आठ अर्ब डलरको हतियार बिक्रीलाई अनुमोदन गर्ने आफ्नो योजनाको बारेमा काङ्ग्रेसलाई जानकारी गराएको छ ।

दुईवटा काङ्ग्रेस कमिटीमा पठाइएको सूचना अनुसार प्रस्तावित बिक्रीमा बम, लडाकु विमान, मिसाइल तथा जीपीएस निर्देशन प्रणाली समावेश छ ।

यद्यपि, एक अमेरिकी अधिकारीले भने,“ यदि काङ्ग्रेसले अन्तिम स्वीकृति दिए भने हतियार सहित केही युद्धक सामग्री यो वर्षको डेलिभर गर्न सकिन्छ ।”

यो प्याकेजले राष्ट्रपति जो बिडेनको प्रशासनमा इजरायललाई अन्तिम हतियार बिक्री चिन्ह लगाउन सक्छ ।

यसैबीच, इजरायली सेनाले शनिबार गाजा पट्टीमा ३० अलग–अलग आक्रमणहरूमा कम्तिमा ७० प्यालेस्टाइनीलाई मारेको छ ।

साथै, इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजामा बन्दी बनाएकाहरूलाई फिर्ता गराउन सम्बन्धित पक्षहरूसँग वार्ता भइरहेको अप्रत्यक्ष रूपमा बताए ।

बिहीबार, इजरायली प्रधानमन्त्रीको कार्यालयले सम्भावित बन्धक–युद्धविराम व्यवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले प्रतिनिधिमण्डलको कतार भ्रमणलाई अनुमोदन गरेको घोषणा गरेको थियो ।

सन् २०२३ अक्टोबर ७ देखि हमासले इजरायलमा ठूलो आतङ्कवादी आक्रमण गर्यो । हमासद्वारा विदेशी नागरिकसहित १२ सयभन्दा बढी व्यक्तिको हत्या, बलात्कार तथा २५० भन्दा बढी बन्धकहरूलाई अपहरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरूवात : रेसा

तेहरान । फिलिपिन्सका नोबेल पुरस्कार विजेता मारिया रेसाले सामाजिक सञ्जाल मेटाले फेसबुक र

रूसी वायु सेनाले प्रयोग गर्ने तेल डिपोमा युक्रेनी आक्रमण

किएभ ।  युक्रेनले रूस–युक्रेन साझा सीमाबाट सयौं किलोमिटर टाढा रूसीे वायु सेनालाई सेवा

तिब्बतमा भूकम्पपछि ६४६ परकम्पन

  ल्हासा । दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको

भारतमा गतवर्ष सवारी दुर्घटनामा परी एक लाख ८० हजारको मृत्यु

नयाँदिल्ली । सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख