चीनको सबैभन्दा ठूलो ‘अपतटीय सौर्य–हाइड्रोजन फार्म’ सञ्चालनमा



बेइजिङ । सिएचएन ऊर्जा लगानी समूह (सिएचएन) अन्तर्गत पूर्वी चीनको क्षेत्रमा अवस्थित एउटा ठूलो एकीकृत सौर्य–हाइड्रोजन फार्मले औपचारिक रूपमा सञ्चालन सुरु गरेको छ ।

चीनमा सबैभन्दा ठूलो ऊर्जा फार्मलाई आधिकारिक रूपमा रुडोङ अपतटीय फोटोभोल्टिक–हाइड्रोजन ऊर्जा भण्डारण परियोजना भनेर चिनिन्छ ।

यो सफलतापूर्वक ग्रिडमा जोडिएको छ । यसले चीनको पहिलो व्यापक ऊर्जा उपयोग तथा तटीय पारिस्थितिक व्यवस्थापन परियोजनाको शुभारम्भ, फोटोभोल्टिक ऊर्जा उत्पादन, हाइड्रोजन उत्पादन, हाइड्रोजन इन्फ्युलिङ र ऊर्जा भण्डारणलाई एकीकृत गरेको सिएचएन ऊर्जाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सन् २०२५ मा पूर्ण रूपमा सञ्चालन हुँदा, परियोजनाले वार्षिक औसत ४६८ मिलियन किलोवाट–घण्टा बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको छ ।

यसले लगभग तीन लाख नौ हजार ४०० टन कार्बन डाइअक्साइड, ५६२.६ टन सल्फर डाइअक्साइड तथा एक हजार १२५.३ टन नाइट्रोजन डाइअक्साइड सहित उत्सर्जनमा पनि पर्याप्त कमी ल्याउनेछ ।

सिएचएन ऊर्जाका अनुसार, यी कटौतीहरूले वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान मात्र गर्दैनन् । यसलै थप दिगो ऊर्जा संरचनामा सङ्क्रमणलाई अगाडि बढाउन महत्त्वपूर्ण कोसेढुङ्गा पनि चिन्ह लगाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरूवात : रेसा

तेहरान । फिलिपिन्सका नोबेल पुरस्कार विजेता मारिया रेसाले सामाजिक सञ्जाल मेटाले फेसबुक र

रूसी वायु सेनाले प्रयोग गर्ने तेल डिपोमा युक्रेनी आक्रमण

किएभ ।  युक्रेनले रूस–युक्रेन साझा सीमाबाट सयौं किलोमिटर टाढा रूसीे वायु सेनालाई सेवा

तिब्बतमा भूकम्पपछि ६४६ परकम्पन

  ल्हासा । दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको

भारतमा गतवर्ष सवारी दुर्घटनामा परी एक लाख ८० हजारको मृत्यु

नयाँदिल्ली । सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख