बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति २१ अर्ब अमेरिकी डलर पुग्यो



ढाका । बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति डिसेम्बर सन् २०२४ को अन्त्यसम्ममा २१ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको केन्द्रीय बैङ्कको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) अनुसार डिसेम्बर ३१ सम्ममा देशको विदेशी मुद्रा सञ्चिति २१ अर्ब ३५९ अर्ब डलर रहेको बङ्गलादेश बैङ्कले जनाएको छ ।

बङ्गलादेशजस्तो बढ्दो अर्थतन्त्रका लागि छ महिनाको आयात भुक्तानी बराबर वैदेशिक मुद्रा सञ्चिति पर्याप्त मानिन्छ ।

यद्यपि विद्यमान सञ्चितिसँगै केन्द्रीय बैङ्कका अधिकारीहरूले बङ्गलादेशले झण्डै चार महिनाको आयात बिल तिर्न सक्ने अवस्थामा रहेको बताए ।

विदेशी मुद्राको प्रमुख श्रोत मध्येको एक मुलुकको रेमिट्यान्स जुलाई–डिसेम्बर अवधिमा कुल १३.७८ अर्ब डलर रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरूवात : रेसा

तेहरान । फिलिपिन्सका नोबेल पुरस्कार विजेता मारिया रेसाले सामाजिक सञ्जाल मेटाले फेसबुक र

रूसी वायु सेनाले प्रयोग गर्ने तेल डिपोमा युक्रेनी आक्रमण

किएभ ।  युक्रेनले रूस–युक्रेन साझा सीमाबाट सयौं किलोमिटर टाढा रूसीे वायु सेनालाई सेवा

तिब्बतमा भूकम्पपछि ६४६ परकम्पन

  ल्हासा । दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको

भारतमा गतवर्ष सवारी दुर्घटनामा परी एक लाख ८० हजारको मृत्यु

नयाँदिल्ली । सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख