भारतको छत्तीसगढमा प्रहरीसँगको मुठभेडमा चार नक्सलवादीको मृत्यु



नयाँदिल्ली । मध्य भारतको छत्तीसगढ राज्यमा आइतबार नक्सलवादी र प्रहरीबीच भएको मुठभेडमा कम्तीमा चारजना नक्सलवादीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छत्तीसगढको राजधानी सहर रायपुरबाट करिब १९२ किलोमिटर दक्षिणमा रहेको नारायणपुर जिल्लाको अबुझमढ जंगल क्षेत्रमा नक्सल र प्रहरीको संयुक्त टोलीबीच मुठभेड भएको हो ।

प्रहरीका अनुसार नक्सलहरुको उपस्थिति रहेको आशंकामा विशेष गुप्तचर सूचनाका आधारमा प्रहरी इकाइहरुको संयुक्त टोलीले उक्त क्षेत्र घेराबन्दी गरेको थियो । “आज अबुझमरह जंगल क्षेत्रमा नक्सल र प्रहरी बल बीच मुठभेड भयो । मुठभेडमा अहिलेसम्म चार नक्सली मारिएका छन्,” एक प्रहरी अधिकारीले बताए ।

छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साईले मारिएका प्रहरी जवानका परिवारप्रति समवेदना प्रकट गरे ।

“सुरक्षा बलहरू नक्सलवाद विरुद्ध बलियो रूपमा लडिरहेका छन् र यो लडाई नक्सलवादको अन्त्य सम्म जारी रहनेछ,”साईले एक विज्ञप्तिमार्फत जानकारी दिए ।

प्रहरीले मुठभेड स्थलबाट दुई थान एसल्ट राइफल सहित केही स्वचालित हतियार र केही गोलाबारुद समेत बरामद गरेको दाबी गरेको छ ।

पछिल्लो समाचार नआएसम्म उक्त क्षेत्रमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । हाल भारतको मध्य र पूर्वी भागहरूमा नक्सलहरू सक्रिय छन् ।

नयाँ दिल्लीले आफ्ना अर्धसैनिक बललाई नक्सलवादीहरूसँग लड्न खटाएको छ । विद्रोहले हजारौँ बासिन्दाहरूलाई घरबारविहीन बनाउनुको साथै सयौँको ज्यान लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा गतवर्ष सवारी दुर्घटनामा परी एक लाख ८० हजारको मृत्यु

नयाँदिल्ली । सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख

कार्टरको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि लगियो अमेरिकी संसद भवनमा

वासिङटन । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई बृहत सैन्य सम्मानसहित अमेरिकी

खालिदा जियालाई उपचारका लागि विशेष एयर एम्बुलेन्समा लण्डन लगियो

बंगलादेश । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष खालिदा जिया उपचारका लागि मंगलबार साँझ

इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी

इस्लामावाद। पूर्व प्रधानमन्त्री खानलाई रावलपिण्डीको अडियाला जेल बाट बनिगाला स्थित उनको निवासमा नजरबन्दमा