अमेरिकाले युक्रेनमा आपूर्ति गरेका आठ वटा अत्याधुनिक क्षेप्यास्त्र खसालेको रूसको दाबी



मस्को । रूसले अमेरिकाले आपूर्ति गरेको अत्याधुनिक (एटिएसिएमएस) क्षेप्यास्त्र खसालेको दावी गरेको छ । रूसलेविरूद्ध युक्रेनले प्रयोग गरेको एटिएसिएमएस क्षेप्यास्त्रको प्रयोगले मध्य किएभमा हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण हुनसक्ने चेतावनी दिएको छ ।

निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष युक्रेनलाई रुसविरुद्ध ३०० किलोमिटर (१९० माइल) दूरीका हतियार प्रयोग गर्न अनुमति दिएका थिए ।

रूसी रक्षा मन्त्रालयले भनेको छ, “रूसी हवाइ सुरक्षा प्रणालीले अमेरिकामा निर्मित आठ वटा एटीएसीएमएस क्षेप्यास्त्र र ७२ वटा ड्रोन खसालेको छ ।

मन्त्रालयले पूर्वी लुगान्स्क क्षेत्रको केही बस्तीमध्ये एक युक्रेनी गाउँ नादियालाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।

सन् २०२४ मा युक्रेनमा मस्कोले करिब चार हजार वर्ग किलोमिटर (१,५४० वर्ग माइल) क्षेत्रलाई कब्जा गरेको एएफपीले प्रप्त गरेको विश्वस्त तथ्याङ्कले देखाएको छ ।

दुवै पक्षले एक अर्कामाथि सन् २०१९ को सुरुदेखि नै सर्वसाधारणमाथि घातक आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।

युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रको एक गाउँमा शनिबार रूसले गरेको आक्रमणमा परी ७४ वर्षीय वृद्धको मृत्यु भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा कक्षीय इन्धन भर्ने उपग्रह प्रक्षेपण

सिच्याङ । चीनले लङ मार्च–३बी रकेट प्रयोग गरी सफलतापूर्वक शिजियान–२५ अन्तरिक्षमा पठाएको छ

नयाँ हाइपरसोनिक मिसाइल प्रणालीले प्रशान्त क्षेत्रका ‘प्रतिद्वन्द्वी’ लाई रोक्न सक्ने किमको भनाई

सियोल । उत्तर कोरियाका नेता किम जोङ उनले सोमबार गरिएको परीक्षण प्रक्षेपणमा प्रयोग

इरानद्वारा सन् २०२४ मा कम्तीमा ९०१ जनालाई मृत्युदण्ड 

  जेनेभा । इरानी अधिकारीहरूले गत वर्ष ९०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको

भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या १२६ पुग्यो, एकहजार भन्दाबढी घरमा क्षति

काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ