राजद्रोहको आरोपमा पक्राउ परेका हिन्दू भिक्षुलाई जमानत दिन बङ्गलादेशको अदालतद्वारा अस्वीकार



बङ्गलादेश । मुख्यतया मुस्लिम राष्ट्रमा धार्मिक द्वन्द्वपछि अल्पसङ्ख्यकको सुरक्षाका लागि वकालत गर्ने स्पष्टवादी हिन्दू भिक्षुलाई बिहीबार बङ्गलादेशको अदालतले पुनः जमानत दिन अस्वीकार गरेको छ ।

चिन्मय कृष्ण दासलाई नोभेम्बरमा एक ¥यालीमा कथित रूपमा बङ्गलादेशी झण्डाको अपमान गरेको आरोपमा पक्राउ गरिएको थियो र उनले राजद्रोहको आरोपको सामना गरिरहेका छन् ।

अघिल्लो जमानत सुनुवाईपछि हिंसा भड्किएपछि सुरक्षा बलले दक्षिणी बन्दरगाह शहर चट्टगाँवमा रहेको अदालतलाई घेरा हालेको थियो । भिक्षुका अनुयायीहरूमाथि सरकारी वकिलको हत्या गरेको आरोप लगाइएको थियो ।

दासले राजद्रोहको आरोप अस्वीकार गरेको उनका वकिल अपूर्बा कुमार भट्टाचार्जीले बिहीबार बताए । तर सरकारी वकिल रेहानुल वाजेद चौधरीले ‘अझ धेरै अनुसन्धान गर्नुपर्ने’ भएकाले जमानतको विरोध गरेको बताए ।

अभियोजन र प्रतिरक्षा दुवैले अदालतले जमानत आवेदन अस्वीकार गरेको बताए । नोभेम्बरमा मारिएका वकिल सैफुल इस्लाम अलिफको परिवारले उनको मृत्युसँग सम्बन्धित रहेको भन्दै दुईवटा छुट्टै मुद्दा दायर गरेका छन् ।

यसमा तोडफोड र विस्फोटक पदार्थ बोकेको आरोपमा ५८ जना हिन्दू वकिल पनि छन् ।

गत वर्ष विद्यार्थी नेतृत्वको क्रान्तिले स्वेच्छाचारी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि बङ्गलादेशमा धार्मिक सम्बन्ध अशान्त भएको छ ।

नयाँदिल्लीको हिन्दू–राष्ट्रवादी सरकार हसिनाको प्रमुख समर्थक थियो र अगस्ट ५ मा प्रधानमन्त्रीको दरबारमा आक्रमण गर्दा प्रदर्शनकारीहरूबाट भागेर ७७ वर्षीया हसिना भारतमा निर्वासनमा छन् ।

बङ्गलादेशले डिसेम्बरमा भारतलाई हसिनालाई ‘नरसंहार, हत्या र मानवता विरुद्धको अपराध’ को आरोपको सामना गर्न फिर्ता पठाउन अनुरोध गरेको थियो । भारतले अनुरोध प्राप्त गरेको पुष्टि गरेको छ तर थप टिप्पणी गर्न अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यानाडाका प्रधानमन्त्री ट्रुडोद्वारा लिबरल पार्टीका नेताको पदबाट राजीनामा

  टोरन्टो । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार आफ्नो नेतृत्वप्रति बढ्दो असन्तुष्टिको सामना

निप्पोन स्टिल र युएस स्टिलद्वारा बाइडेनको मर्जर रोकविरुद्ध मुद्दा दायर

न्युयोर्क । निप्पोन स्टिल र युएस स्टिलले सोमबार राष्ट्रपति जो बाइडेनको जापानी जायन्टले

चिनियाँ राष्ट्रपति सीद्वारा ‘ भ्रष्टाचारविरुद्ध पूर्ण युद्ध’ को प्रतिज्ञा

  बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार देशको शीर्ष अनुशासनात्मक निकायको वार्षिक

भारतमा एचएमपिभी संक्रमितको संख्या तीन पुग्यो

नयाँदिल्ली । भारतको पश्चिमी राज्य गुजरातमा सोमबार ह्युमन मेटाप्न्युमोभाइरस (एचएमपिभी) मामिलाहरूको सङ्ख्या तीन