भारतद्वारा ‘स्प्याडेक्स मिशन’ सुरु



नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आफ्नो ‘स्पेस डकिङ प्रयोग मिशन’ (स्प्याडेक्स) सफलतापूर्वक प्रक्षेपण गरेको छ। स्पेस डकिङ भनेको दुई स्पेसक्राफ्ट अन्तरिक्षमा एकअर्कासँग जोडिनु हो।

उक्त मिशन अन्तर्गत ध्रुवीय स्याटेलाइट प्रक्षेपण वाहन (पिएसएलभी–सी६०) दुई भूउपग्रह, एसडीएक्स०१ (चेजर) तथा एसडीएक्स०२ (लक्ष्य) सोमबार बङ्गालको खाडीको तटमा रहेको श्रीहरिकोटाको प्रक्षेपण गरिएको हो।

“पिएसएलभी–सी६० ले स्प्याडेक्स र २४ पेलोडहरू सफलतापूर्वक प्रक्षेपण गर्यो,“ इसरोले सामाजिक सञ्जालमा उल्लेख गर्यो।

स्प्याडेक्स मिशनमा पिएसएलभी–सी६० द्वारा प्रक्षेपण गरिएको दुई साना अन्तरिक्ष यानहरू समावेश छन्।

दुबै अन्तरिक्ष यानलाई अब आगामी १० दिनमा, सम्भवतः जनवरी ७ मा स्पेस डकिङ हासिल गर्न निर्देशन दिइनेछ।

इसरोका अनुसार स्प्याडेक्स भविष्यमा मानव अन्तरिक्ष उडान तथा उपग्रह सेवा मिसनहरूको लागि एक महत्वपूर्ण प्रविधि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतको छत्तीसगढमा प्रहरीसँगको मुठभेडमा चार नक्सलवादीको मृत्यु

नयाँदिल्ली । मध्य भारतको छत्तीसगढ राज्यमा आइतबार नक्सलवादी र प्रहरीबीच भएको मुठभेडमा कम्तीमा

भारी हिमपातले बेलायत र जर्मनीभर व्यापक अवरोध

  लन्डन  । भारी हिमपात र चिसो वर्षाले आइतबार युरोपभर व्यापक अवरोध ल्यायो

युक्रेनले कुर्स्क क्षेत्रमा ‘प्रत्याक्रमण’ गर्‍‍यो : रुस

मस्को । रुसले आइतवार युक्रेनले कुर्स्कको पश्चिमी सीमा क्षेत्रमा ‘प्रत्याक्रमण’ गरेको बताएको छ

जापानमा बर्डफ्लुको प्रकोप

टोकियो । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका