दक्षिण कोरियाली विमान दुर्घटनामा परी ज्यान गुमाउने मध्ये १७४ जनाको शव सनाखत



सियोल ।  दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको एक विमान दुर्घटनामा परी मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव फेला परेको यातायात मन्त्रालयले मङ्गलबार जनाएको छ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले औँठाको छापबाट पहिचान हुन नसकेका ३२ पीडितमध्ये डिएनए परीक्षणबाट थप १० जनाको पहिचान भएको शोकसन्तप्त परिवारलाई जानकारी गराएको छ । बाँकी पाँच जनाको शव पहिचान हुन सकेको छैन ।

पहिचान भएका चार जनाको शव शोक सन्तप्त परिवारलाई हस्तान्तरण गरिएको र उनीहरुको अन्त्येष्टि कार्य सुरु भएको मन्त्रालयले जनाएको छ ।

अधिकारीहरूले यसअघि सबै शवहरू परिवारलाई हस्तान्तरण गर्न १० दिन लाग्न सक्ने बताएका थिए ।

जेजु एयरको बोइङ ७३७–८०० विमान सियोलबाट २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतको छत्तीसगढमा प्रहरीसँगको मुठभेडमा चार नक्सलवादीको मृत्यु

नयाँदिल्ली । मध्य भारतको छत्तीसगढ राज्यमा आइतबार नक्सलवादी र प्रहरीबीच भएको मुठभेडमा कम्तीमा

भारी हिमपातले बेलायत र जर्मनीभर व्यापक अवरोध

  लन्डन  । भारी हिमपात र चिसो वर्षाले आइतबार युरोपभर व्यापक अवरोध ल्यायो

युक्रेनले कुर्स्क क्षेत्रमा ‘प्रत्याक्रमण’ गर्‍‍यो : रुस

मस्को । रुसले आइतवार युक्रेनले कुर्स्कको पश्चिमी सीमा क्षेत्रमा ‘प्रत्याक्रमण’ गरेको बताएको छ

जापानमा बर्डफ्लुको प्रकोप

टोकियो । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका