अमेरिकाद्वारा युक्रेनलाई २.५ अर्ब डलरको सुरक्षा सहायता प्याकेजको घोषणा



वासिङ्टन । संयुक्त राज्य अमेरिकाले सोमबार युक्रेनका लागि दुई अर्ब ५० करोड अर्ब डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ । राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअघि किएभलाई सहायता प्रदान गर्न वासिङ्टनले हतार गरिरहेको छ ।

ट्रम्पको नोभेम्बरको चुनावी विजयले युक्रेनका लागि अमेरिकी सहायताको भविष्यमा शङ्का उत्पन्न गरेको छ । यसबाट अर्को महिना उहाँले शपथ ग्रहण गर्नुअघि पहिले नै स्वीकृत गरिएको अर्बौं डलरको सहायता वितरण गर्न सीमित समय प्रदान गरेको छ ।
सोमबारको सहायतामा एक अर्ब २५ करोड डलरको सैन्य ‘ड्रडाउन प्याकेज’ समावेश छ । यसले पेन्टागनलाई अमेरिकी भण्डारबाट हतियार लिएर तिनलाई छिटो युद्धभूमिमा पठाउन अनुमति दिन्छ ।

अर्को एक अर्ब २२ करोड डलर युक्रेन सुरक्षा सहायता पहलमार्फत वित्त पोषण गरिनेछ । यसअन्तर्गत रक्षा उद्योग वा साझेदारहरूबाट सैन्य उपकरणहरू खरिद गरिन्छ ।

“युक्रेनी जनताले रूसी आक्रमणबाट आफ्नो स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्न जारी राख्दै गर्दा आज म युक्रेनलाई करिब दुई अर्ब ५० करोड डलर सुरक्षा सहयोगको घोषणा गर्न पाउँदा गर्व गर्दछु”, राष्ट्रपति जो बाइडेनले विज्ञप्तिमा भने ।

अमेरिकी विदेश मन्त्रालयको छुट्टै विज्ञप्तिअनुसार रक्षा मन्त्रालयको भण्डारबाट गरिने ड्रडाउनमा ड्रोनहरू, हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (हिमार्स) का लागि गोलीगठ्ठा, अप्टिकली गाइडेड मिसाइलहरू, एन्टी–ट्याङ्क हतियार प्रणालीहरू, हवाई–जमिन गोलाबारुद र पार्टपुर्जाहरू समावेश हुनेछन् ।

“संयुक्त राज्य अमेरिका र ५० भन्दा बढी राष्ट्र युक्रेनसँग रुसको आक्रमण विरुद्ध आफ्नो रक्षा गर्न आवश्यक क्षमता प्राप्त होस् भनी सुनिश्चित गर्न एकजुट छन्”, विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले भने ।

युक्रेनका लागि पछिल्लो सहायता महिनाको सुरुमा घोषणा गरिएको करिब एक अर्ब डलर बराबरको ड्रोन, गोलाबारुद र उपकरणको खेपको पछि आएको हो ।

बिदाइ हुन लागेको बाइडेन प्रशासनले ट्रम्प जनवरीमा सत्तामा आउनुअघि युक्रेनलाई सकेसम्म धेरै सहायता प्राप्त गर्न काम गरिरहेको छ । ट्रम्पले बारम्बार किएभका लागि अमेरिकी सहायताको आलोचना गरिरहेका छन् र केही घण्टामै युद्धविराम सुरक्षित गर्न सक्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाले युक्रेनमा आपूर्ति गरेका आठ वटा अत्याधुनिक क्षेप्यास्त्र खसालेको रूसको दाबी

मस्को । रूसले अमेरिकाले आपूर्ति गरेको अत्याधुनिक (एटिएसिएमएस) क्षेप्यास्त्र खसालेको दावी गरेको छ

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

टोकियो । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन

सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने

सिंगापुर । सिङ्गापुरले नयाँ ‘हाइड्रोजन–रेडी कम्बाइन्ड साइकल ग्यास टर्बाइन’ उत्पादन इकाई निर्माण गर्नेछ,

स्पेसएक्सले सातौं स्टारशिप परीक्षण उडानको तयारी गर्दै

लस एन्जलस । स्पेसएक्सले आफ्नो विशाल स्टारशिप रकेटको सातौं उडान परीक्षण सुरु गर्ने