इथियोपियामा सवारी दुर्घटना हुँदा ७१ जनाको मृत्यु



नैरैबी । दक्षिण इथियोपियामा आइतबार सवारी दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार साँझ ५ः३० बजेतिर गाडी सडकबाट नदीमा खसेको त्यहाँको प्रहरीले जनाएको छ ।

सिदामा प्रहरी आयोग, ट्राफिक रोकथाम तथा नियन्त्रण निर्देशनालयले आइतबार राति आफ्नो फेसबूकमा लेखेको छ, ‘दुर्घटनामा परी ६८ पुरुष र तीन महिलाको मृत्यु भएको छ ।’

घटनामा अन्य दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घटनाको समयमा बसमा कति यात्रु सवार थिए भन्नेबारे जानकारी भएको छैन ।

राजधानी अदिस अबाबाबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको सिदामा राज्यको बोना जुरिया वोर्डामा दुर्घटना भएको हो ।

स्वास्थ्य ब्युरोले यसअघि सार्वजनिक गरेको धमिलो तस्वीरमा पानीमा आंशिक रूपमा डुबेको एउटा गाडीलाई घेरेको र धेरैले त्यसलाई पानीबाट बाहिर निकाल्न प्रयास गरिरहेको देखिएको थियो ।

ब्युरोले सार्वजनिक गरेका अन्य तस्वीरमा मृतकहरूलाई भुइँमा निलो त्रिपालले छोपिएका देखिन्छ ।

अफ्रिकाको दोस्रो ठूलो जनसङ्ख्या भएको इथियोपियामा सडकको दूरावस्था, पूराना सवारी साधन र चालकले गर्ने ट्राफिक नियम उल्लङ्घनका कारण हरेक वर्ष सयौँ नागरिकले अकालमा ज्यान गुमाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाले युक्रेनमा आपूर्ति गरेका आठ वटा अत्याधुनिक क्षेप्यास्त्र खसालेको रूसको दाबी

मस्को । रूसले अमेरिकाले आपूर्ति गरेको अत्याधुनिक (एटिएसिएमएस) क्षेप्यास्त्र खसालेको दावी गरेको छ

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

टोकियो । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन

सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने

सिंगापुर । सिङ्गापुरले नयाँ ‘हाइड्रोजन–रेडी कम्बाइन्ड साइकल ग्यास टर्बाइन’ उत्पादन इकाई निर्माण गर्नेछ,

स्पेसएक्सले सातौं स्टारशिप परीक्षण उडानको तयारी गर्दै

लस एन्जलस । स्पेसएक्सले आफ्नो विशाल स्टारशिप रकेटको सातौं उडान परीक्षण सुरु गर्ने