टर्कीको ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो



इस्तानबुल । टर्कीको पहिलो घरेलु ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुगेको छ । यो देशको अन्तरिक्ष कार्यक्रममा महत्त्वपूर्ण कोसेढुङ्गा भएको यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले बताए ।

‘टर्कस्याट ६ए’ ४२ डिग्री पूर्वी कक्षामा पुगेको मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरे । “हाम्रो राष्ट्रिय गौरवले टर्कीएलाई अन्तरिक्ष गतिविधिहरूमा अन्तर्राष्ट्रिय खेलाडीको रूपमा उचाल्ने र हाम्रो सञ्चार पूर्वाधारलाई बलियो बनाउनेछ,” उनले भने ।

स्थानीय समय अनुसार शनिबार बिहान ५ बजे अन्तिम प्रज्वलनपछि उपग्रह ३५ हजार ७८६ किलोमिटरमा आफ्नो अन्तिम ‘जियोसिंक्रोनस अर्बिट’ मा पुगेको हो ।

कक्षामा थप परीक्षण गरिसकेपछि टर्कस्याट ६ए सन् २०२५ को पहिलो त्रैमासिक सम्म सञ्चालन हुने अपेक्षा गरिएको छ ।

टर्कस्याट ६ए जुलाई ९ मा फ्लोरिडामा स्पेस एक्स केप क्यानाभेरलबाट प्रक्षेपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो अष्ट्रेलियामा नयाँवर्षको स्वागत(फोटोफिचर)

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्ष सन् २०२५ को भव्य स्वागत गरिएको छ

भारतद्वारा ‘स्प्याडेक्स मिशन’ सुरु

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आफ्नो ‘स्पेस डकिङ प्रयोग मिशन’

दक्षिण कोरियाली विमान दुर्घटनामा परी ज्यान गुमाउने मध्ये १७४ जनाको शव सनाखत

सियोल ।  दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको एक विमान दुर्घटनामा परी मृत्यु

कोभिडसम्बन्धी जानकारी ‘केही नलुकाई’ साझा गरेको चीनको दाबी

बेइजिङ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्याङ्क