सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा २० जनाको मृत्यु, १७ घाइते



खार्तुम । पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा २० नागरिकको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन्।

“हिजो राती (शुक्रबार) विद्रोही अर्धसैनिक आरएसएफले स्कूलमा चार बम खसालेको छ। साथै, आज बिहान उत्तरमा रहेको अबु शौक विस्थापन शिविरमा विद्रोही अर्धसैनिक आरएसएफले गोलाबारी गरे, जसमा एक नागरिकको मृत्यु भयो र एक केटी घाइते भए,” उत्तरी डार्फर राज्यका स्वास्थ्य महानिर्देशक इब्राहिम खातिरले बताए।”

विद्रोही अर्धसैनिक आरएसएफले एल फशरमा भएका दुई घटनाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

उत्तरी डार्फर राज्यको राजधानी शहर एल फशरमा मे १० देखि सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफबीच भीषण झडप भइरहेको छ।

अन्तर्राष्ट्रिय संस्थाहरूको पछिल्लो अनुमानका अनुसार, सुडान मध्य अप्रिल सन् २०२३ देखि विनाशकारी द्वन्द्वको चपेटामा छ। यसले कम्तिमा २९ हजार ६८३ जनाको ज्यान लिइसकेका तथा १४ लाख भन्दा बढी मानिसहरूलाई विस्थापित गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो अष्ट्रेलियामा नयाँवर्षको स्वागत(फोटोफिचर)

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्ष सन् २०२५ को भव्य स्वागत गरिएको छ

भारतद्वारा ‘स्प्याडेक्स मिशन’ सुरु

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आफ्नो ‘स्पेस डकिङ प्रयोग मिशन’

दक्षिण कोरियाली विमान दुर्घटनामा परी ज्यान गुमाउने मध्ये १७४ जनाको शव सनाखत

सियोल ।  दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको एक विमान दुर्घटनामा परी मृत्यु

कोभिडसम्बन्धी जानकारी ‘केही नलुकाई’ साझा गरेको चीनको दाबी

बेइजिङ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्याङ्क