चीनमा ९० प्रतिशतभन्दा बढी कम्पनी विदेशी लगानीको सम्भावनाप्रति आशावादी



बेइजिङ । चिनियाँ कम्पनीहरूको आउटबाउन्ड लगानी सन् २०२४ मा निरन्तर बढ्दै गएको र ८० प्रतिशतभन्दा बढीले विदेशी लगानी विस्तार गरेको शुक्रबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।

चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) ले गरेको सर्वेक्षणअनुसार ९० प्रतिशतभन्दा बढी कम्पनी विदेशी लगानीको सम्भावनाप्रति आशावादी छन् ।

सर्वेक्षणले बेल्ट एण्ड रोड सहकार्यमा भाग लिने देश र क्षेत्रहरूमा लगानीका अवसरहरू मन पराएको फेला पारेको सीसीपीआइटीका प्रवक्ता सुन जिओले पत्रकार सम्मेलनमा बताए ।

सर्वेक्षणमा सहभागी कम्पनीमध्ये झण्डै ७० प्रतिशतले बजारको अवसर खोज्न विदेशमा लगानी गरेको सनले बताए । त्यसमध्ये झण्डै ४० प्रतिशतले आफ्नो ब्रान्डको अन्तर्राष्ट्रिय मान्यता बढाउन तथा ३० प्रतिशतभन्दा बढीले उत्पादन र सञ्चालन लागत घटाउन लगानी गरेको सर्वेक्षणले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टर्कीको ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो

इस्तानबुल । टर्कीको पहिलो घरेलु ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुगेको छ ।

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा २० जनाको मृत्यु, १७ घाइते

खार्तुम । पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक र्यापिड

आप्रवासी सङ्कटका कारण सन् २०२४ मा अमेरिकामा घरबारविहीनको सङ्ख्या उच्च

वासिङटन । संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन

सियोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि