मोजाम्बिकमा आँधीका कारण ७६ जनाको मृत्यु, ६२ हजार घरमा क्षति



मापुटो । फ्रान्सेली द्वीपसमूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु भएको फ्रान्सको ‘नेशनल इन्स्टिच्युट अफ रिस्क एण्ड डिजास्टर म्यानेजमेन्ट’ले शनिबार जनाएको छ।

हिन्द महासागरको मायोटे टापुलाई चिरेर आइतबार मोजाम्बिकमा आएको चिडो आँधीका कारण सयौँको मृत्यु भएको आशङ्का गरिएको छ।

मोजाम्बिकको उत्तरी काबो डेलगाडो प्रान्तमा आएको आँधीका कारण करिब ६२ हजार घरमा क्षति भएको अधिकारीहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आश्रय, खाद्य र हाइजिन किट, डिग्निटी किट, साबुन र लामखुट्टेको जालीजस्ता गैरखाद्य वस्तु प्रभावित जनसङ्ख्याका लागि अति आवश्यक वस्तुका रूपमा पहिचान गरिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते

वासिङटन । ‘भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड

फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट

पेरिस । फ्रान्सका दुई तिहाई जनता फ्रान्कोइस बायरोउलाई प्रधानमन्त्री बनाइएकोप्रति असन्तुष्ट देखिएका छन्

श्रीलङ्काका राष्ट्रपति दिसानायकेले जनवरीमा चीन भ्रमणमा जाने

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायके दुई पक्षीय सम्बन्ध बिस्तारका लागि आगामी

पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको आक्रमणमा तालिवान समूहको संलग्नता

इस्लामावाद । पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको भएको आक्रमणमा तालिवान समूहको संलग्नता रहेको