अस्ट्रेलिया सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने



क्यानबेरा । अष्ट्रेलियाको सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्नो प्लेटफर्ममा दुष्प्रचार र गलत सूचनालाई नियमन गर्न बाध्य पार्ने प्रस्तावित कानूनहरू औपचारिक रूपमा खारेज गरेको छ ।

सञ्चारमन्त्री मिचेल रोल्याण्डले सिनेटमा भएको विरोधका कारण सरकारले गलत सूचना सम्बन्धी विधेयक अघि नबढाउने घोषणा गरेका हुन् ।

यदि यो कानून पारित भएको भए, यसले अष्ट्रेलियाली सूचना तथा मिडिया प्राधिकरण (एसीएमए) लाई सामाजिक सञ्जाल कम्पनीहरूलाई जरिवाना गर्ने अधिकार दिने थियो । यो कदमले सामाजिक सञ्जालमा दुष्प्रचार र गलत सूचनाको निगरानी र नियमन गर्न सहजता प्रदान गर्ने विश्वास सरकारले गरेको थियो ।

विपक्षी गठबन्धन, ग्रीन्स र धेरै स्वतन्त्र सिनेटरहरूले विधेयकलाई अस्वीकार गरेपछि सत्तारूढ लेबर पार्टीलाई विधेयकको पक्षमा आवश्यक बहुमत प्राप्त गर्न कठिन देखिएपछि प्रस्तावलाई अघि नबढाइएको हो ।

रोल्याण्डले सन् २०२४ को अन्तिम संसदीय बैठकको एक हप्ताअघि यो घोषणा गरेका हुन् ।

सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने विश्वकै पहिलो योजनाका लागि कानुनलाई द्रूत गतिमा अघि बढाएको थियो भने संसदले आगामी बुधबार वा बिहीबार विधेयक पारित गर्ने अपेक्षा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन

मनिला । फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको भीषण आगलागीमा परी

इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइते

गाजा । गाजाको नागरिक सुरक्षा निकायले आइतबार राति भएको इजरायली ड्रोन आक्रमणमा एक

इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने

तेहरान । इरानले संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायले पारित गरेको निन्दा प्रस्ताव अघि

कोप–२९ सम्झौता जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

ब्रसेल्स । युरोपेली सङ्घ (इयू) आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले बाकुमा भएको