बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु



 

बेरुत । राजधानीको मुटुमा भएको इजरायली हवाई आक्रमणबाट कम्तिमा ११ जनाको मृत्यु भएको लेबनानले जनाएको छ ।

इजरायली सेनाले क्षेत्र खाली गर्न आह्वान गरेपछि बेरुतमा आक्रमण भएको भएको थियो ।   इजरायलले भने हाल सम्म  बेरुतमा भएको आक्रमण बारे कुनै टिप्पणी गरेको छैन

यस क्षेत्रमा उद्धार कार्य चलिरहेको थियो, उद्धारकर्ताहरू भग्नावशेष हटाइ नागरिक सुरक्षामा तैनाथ थिए ।

घटनाको पुष्टि गर्दै लेवनानी स्वास्थ्य मन्त्रालयले ६३ जना घाइते भएको जनाएको छ । “डिएनए परीक्षणपछि मृत्युको अन्तिम सङ्ख्या निर्धारण हुने मन्त्रालयले  विज्ञप्तिमा उल्लेख गरेको छ ।

लेवनानी राष्ट्रिय समाचार एजेन्सीले इजरायली जेट विमानहरूले संरचनामा छ वटा क्षेप्यास्त्र प्रहार गरेको र नजिकैका भवनहरूमा व्यापक विनाश गरेको जनाएको छ ।

इजरायली सेनाले “धेरै हिजबुल्लाह कमान्ड सेन्टरहरूसहित सहरको दक्षिणी उपनगरहरूमा आक्रमण गरेको बताएको छ ।

इजरायलले सेप्टेम्बरको अन्त्यमा इरान समर्थित समूह विरुद्ध आफ्नो अभियानलाई अगाडि बढाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते

जोर्डन । जोर्डनको राजधानी अम्मानमा इजरायली दूतावास रहेको क्षेत्रमा आइतबार बिहान गोली चल्दा

कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति

संयुक्त राष्ट्रसंघ । दुई साता लामो वार्तापछि अन्तिम सम्झौतामा विकसित राष्ट्रहरूले सन् २०३५

ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल

ब्रसेल्स । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)

ईयूद्वारा नाइजरबाट आफ्ना दूत फिर्ता

ब्रसेल्स । सत्तारूढ जुन्टाले पश्चिम अफ्रिकी देशलाई सहयोग पुर्याउने तरिका माथि प्रश्न उठाए