‘कूटनीतिक समाधानमा पुग्ने’ प्रयासमा राष्ट्रसङ्घका आणविक प्रमुख इरानमा



तेहरान । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुभन्दा केही हप्ताअघि तेहरानमा आणविक वार्ता सुरु गरेका बेला अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले बिहीबार इरानका उच्च कूटनीतिज्ञसँग भेटवार्ता गरेका छन् ।

सन् २०१७ देखि २०२१ सम्म ह्वाइट हाउसमा आफ्नो पहिलो कार्यकालको दौडान ट्रम्पले ‘अधिकतम दबाब’ नामक नीतिको अख्तियारी गरेका थिए । उक्त कदमले सन् २०१५ को ऐतिहासिक आणविक सम्झौताअन्तर्गत हटाइएका अमेरिकी आर्थिक प्रतिबन्धहरूलाई पुनः लागू गरेको थियो ।

बुधबार राति तेहरान आइपुगेका ग्रोसीले देशका शीर्ष आणविक तथा राजनीतिक अधिकारीहरूसँग वार्ता गर्ने अपेक्षा गरिएको इरानको सरकारी समाचार संस्था ( इरना) ले जनाएको छ ।

ग्रोसीले सन् २०१५ को सम्झौतामा इरानका प्रमुख वार्ताकार तथा वर्तमान् विदेशमन्त्री अब्बास अरागचीसँगको भेटलाई ‘अपरिहार्य’ भनेका छन् ।

ग्रोसीले इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीसँग पनि भेट गरेको तस्नीम समाचार संस्थाले जनाएको छ ।

यसपछि आईएईए प्रमुखले राष्ट्रपति मसूद पेजेस्कियानसँग यस वर्षको सुरुमा निर्वाचित भएपछि पहिलो वार्ताका लागि भेट्ने अपेक्षा गरिएको छ ।

तेहरानका लागि ग्रोसीको यो भ्रमण यो वर्ष दोस्रो हो तर ट्रम्प पुनः निर्वाचित भएपछिको पहिलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
८० अर्ब पाउन्ड लगानी अनलक गर्न विशाल पेन्सन कोषहरू बनाउने बेलायतको योजना

लन्डन । वित्तमन्त्री रचेल रिभ्सले बेलायतले अस्ट्रेलिया र क्यानाडाका योजनाहरूको अनुकरण गर्दै देशमा

पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित

लाहोर । लाहोरलगायत पाकिस्तानका अन्य भागहरूमा विषाक्त धुवाँ फैलिँदा २४ घण्टामा १५ हजारभन्दा

ब्राजिलको सर्वोच्च अदालत नजिकै विष्फोट, एक जनाको मृत्यु

ब्राजिल । ब्राजिलको सर्वोच्च अदालत नजिकै ‘आत्मघाती आक्रमण’मा विस्फोटक पदार्थ बोकेका एक व्यक्तिको

इजरायलद्वारा दक्षिणी बेरुतमा आक्रमण

बेरुत । इजरायलले लेबनानको राजधानी बेरूतको दक्षिणी उपनगरमा रहेका हिजबुल्लाहको गढका रूपमा मानिएका