हमासद्वारा एक इजरायली बन्धकको नयाँ भिडियो सार्वजनिक



जेरुसेलम ।  प्यालेष्टिनी इस्लामिक समूह (हमास) को सहयोगी प्यालेस्टिनी इस्लामिक जिहाद लडाकु समूहले बुधबार एक इजरायली बन्धकको भिडियो सार्वजनिक गरेको छ ।

गत अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि गाजामा बन्धक बनाइएका ती व्यक्तिले आफूलाई इजरायली बन्धक भन्दै भिडियोमा आफ्नो रिहाइमा ढिलो नगर्न सार्वजनिक अपिल गरेका छन् ।

भिडियोमा आफूलाई साशा ट्रुपानोभ बताउने ती बन्धकले लेबनानमा इजरायली सैन्य अभियानको बारेमा कुरा गरेका थिए भने इजरायलीहरूलाई बन्धकहरूको रिहाइका लागि सरकारमाथि दबाब बढाउन आह्वान गरेका थिए।

यसैबीच, भिडियो सार्वजनिक भएसँगै गाजामा बन्धक बनाइएका व्यक्तिका परिवारका सदस्य तथा आफन्तहरूले बन्धक रिहाइमा ढिला नगर्न सरकारसँग आग्रह गरेका छन् ।

इजरायलमा गत बर्षको अक्टुबर ७ मा भएको आक्रमण कम्तीमा एक हजार २०६ जनाको मृत्यु भएको थियो भने २५० जनालाई बन्धक बनाइएको थियो ।

हमास समूहको नेतृत्वमा भएको आक्रमणको बदलामा इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा ४३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

आक्रमणमा परी मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका र त्यसमा पनि महिला तथा बालबालिकाको सङ्ख्या अत्यधिक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाले युक्रेनमा आपूर्ति गरेका आठ वटा अत्याधुनिक क्षेप्यास्त्र खसालेको रूसको दाबी

मस्को । रूसले अमेरिकाले आपूर्ति गरेको अत्याधुनिक (एटिएसिएमएस) क्षेप्यास्त्र खसालेको दावी गरेको छ

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

टोकियो । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन

सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने

सिंगापुर । सिङ्गापुरले नयाँ ‘हाइड्रोजन–रेडी कम्बाइन्ड साइकल ग्यास टर्बाइन’ उत्पादन इकाई निर्माण गर्नेछ,

स्पेसएक्सले सातौं स्टारशिप परीक्षण उडानको तयारी गर्दै

लस एन्जलस । स्पेसएक्सले आफ्नो विशाल स्टारशिप रकेटको सातौं उडान परीक्षण सुरु गर्ने