हिजबुल्लाहद्वारा इजरायलमा रकेट आक्रमण



जेरुसेलम । हिजबुल्लाहले मध्य र उत्तरी इजरायल तर्फ करिब पाँचवटा रकेट आक्रमण गरेको छ । आक्रमण लगतै इजरायलका ५३ सहरहरूमा हवाई आक्रमणका साइरनहरू बजिएका थिए ।

इजरायली सेनाले अधिकांश रकेटहरू रोकिएका एक विज्ञप्तिमार्फत जनाएको छ । राज्यको स्वामित्वमा रहेको कान टिभी समाचारले उत्तरी इजरायलको एउटा आवासीय घरमा रकेट प्रहार भएको जनाएको छ ।

इजरायली म्यागेन डेभिड एडोम उद्धार सेवाका अनुसार हताहतको कुनै तत्काल रिपोर्ट आएको छैन । हालसम्म हिजबुल्लाहले आक्रमणको पुष्टि गरेको छैन ।

हिजबुल्लाहका नेता शेख नइम कासिमले इजरायली सेनामाथि विजय नहुँदासम्म लड्ने वाचा गरेपछि बुधबार उत्तरी र मध्य इजरायलमा हिजबुल्लाहद्वारा रकेटका आक्रमणहरू गरिएका थिए ।

यी घटनाक्रमहरू इजरायल र हिजबुल्लाहबीच जारी सीमापार द्वन्द्वको बीचमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमणको छानबिन गर्न राष्ट्रसङ्घीय निकायको आग्रह

काबुल । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय नियोगले अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमणमा सर्वसाधारणसहित ४६

अजरबैजानको विमानलाई रूसी हवाई प्रतिरक्षा प्रणालीले गल्तीबस लागेको हुन सक्ने आशंका

काजकिस्तान । अजरबैजानको पश्चिमी काजकिस्तानमा बुधबार भएको विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले

पाकिस्तानमा आन्दोलनमा सहभागी थप ६० जना सर्वसाधारण दोषी ठहर

इस्लामावाद । पाकिस्तानको सैन्य अदालतले गत वर्ष इमरान खानको रिहाईका लागि भएको आन्दोलनमा

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।