लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु



लेबनान । लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार दक्षिण बेरुत अस्पताल नजिकै अघिल्लो रात भएको इजरायली हमलामा एक बच्चासहित मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जनाएको छ ।

लेबनानको सबैभन्दा ठूलो जनस्वास्थ्य केन्द्र रफीक हरिरी अस्पताल नजिकै भएको आक्रमणमा अन्य ५७ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी –एनएनए) ले जनाएअनुसार द्वन्द्वको समयमा जनाहबाट केही मिनेट टाढा रहेको ओजाईमा पहिलोपटक आक्रमण भएको हो ।

तथापि घना जनसङ्ख्या रहेको रफीक हरिरी अस्पताल वरपरको क्षेत्रका लागि कुनै चेतावनी जारी गरिएको थिएन ।

लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायल र हिजबुल्लाहबिच जारी लगभग एक महिनाको युद्धले लेबनानमा कम्तिमा १ हजार ४८९ जनाको ज्यान लिएको छ दश लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने

  नयाँदिल्ली । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सन् २०७५ सम्ममा भारत पाँच सय

मोदीद्वारा पुटिनसँगको भेटमा युक्रेन द्वन्द्वको छिटो अन्त्यको आह्वान

  कजान । चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य

रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी

राष्ट्रसङ्घ । उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउदै संयुक्त राष्ट्रसङ्घका

भारतले प्यालेस्टाइनलाई पठायो ३० टन मानवीय सहायता

नयाँदिल्ली । मध्यपूर्वमा चलिरहेको द्वन्द्वका बीच भारतले प्यालेस्टाइनका जनताका लागि मानवीय सहायता प्रदान