विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान



वासिङ्टन । आइएमएफले धेरै देशका लागि वित्तीय अवस्था ‘अपेक्षाभन्दा खराब’ हुनसक्ने चेतावनी दिँदै मङ्गलबार विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष एक सय ट्रिलियन डलर पुग्नसक्ने चेतावनी दिएको छ।

वित्तीय नीतिसम्बन्धी पछिल्लो प्रतिवेदनमा आइएमएफले यस वर्ष विश्वव्यापी सार्वजनिक ऋण कुल ग्राहयस्थ उत्पादन (जीडीपी)को ९३ प्रतिशत र सन् २०३० सम्ममा जीडीपीको १०० प्रतिशतमा पुग्ने अपेक्षा गरेको छ। यो तथ्याङ्क कोभिड–१९ महामारी आउनुभन्दा पहिलेको तुलनामा १० प्रतिशतले बढी हो।

विश्वव्यापी सार्वजनिक ऋण उच्च भएको आइएमएफको ‘फिस्कल अफेयर्स डिपार्टमेन्ट’का उपनिर्देशक एरा डाब्ला–नोरिसले प्रतिवेदन प्रकाशन हुनुअघि पत्रकार समक्ष बताएकी हुन्।

ऋणको बोझ अपेक्षाभन्दा बढी हुने धेरै कारण भएको बताउँदै उनले जलवायु परिवर्तन, अत्यधिक आशावादी ऋण अनुमान तथा ठूलो मात्रामा अज्ञात ऋणको सम्भावना जस्ता सवाललाई सम्बोधन गर्न हालको खर्च सन्तुलित नरहेको उल्लेख गरेकी छिन्। त्यसैले सन्तुलन कायम गरी ऋणको बोझ घटाउन देशहरूले आफ्नो वित्तीय व्यवस्थापनलाई मजबुत गराउनुपर्ने समय आएको उनले बताएकी छिन्।

आइएमएफको प्रतिवेदनले ऋण अनुमानको जोखिम मूल्याङ्कन गर्न नयाँ ‘ऋण–मा–जोखिम’ दृष्टिकोण प्रस्तुत गरेको छ। प्रतिवेदनमा खराब अवस्थामा, विश्वव्यापी सार्वजनिक ऋण सन् २०२६ सम्ममा जीडीपीको ११५ प्रतिशतमा पुग्न सक्ने अनुमान गरिएको छ। यो तथ्याङ्क कोषको आधारभूत अनुमान भन्दा लगभग २० प्रतिशत बढी हो।

प्रतिवेदनले ‘विश्वव्यापी कारकहरूले देशहरूमा सरकारी उधारो लागतमा बढ्दो उतारचढाव निम्त्याउने जनाउँदै ऋणको उच्च स्तरले अरूका लागि सार्वभौम उत्पादन र ऋण जोखिमको अस्थिरता बढाउने चेतावनी दिएको छ।

अर्थव्यवस्थामा मध्यम मुद्रास्फीति र ब्याज दर कटौतीको अर्थ देशले आफ्नो वित्तीय व्यवस्थापन पुनर्निर्माण गर्ने उपयुक्त समय भएको आईएमएफले जनाएको छ।

विश्वव्यापी सार्वजनिक ऋण नियन्त्रणमा ल्याउन वित्तीय समायोजनको आकार जीडीपीको औसतमा ३–४.५ प्रतिशतको बीचमा रहन आवश्यक रहेको आईएमएफले जनाएको छ। जुन विगतका समायोजनहरूको आकारभन्दा लगभग दोब्बर हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता

टोकियो । जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जङ्गली पङ्क्षीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा

अमेरिकाले गाजामा मानवीय सहायता थप सहज नगरे इजरायललाई सैन्य सहयोग कटौती गर्ने

बीबीसी । संयुक्त राज्य अमेरिकाले ३० दिनभित्र गाजामा मानवीय सहायता थप सहज नगरे

उत्तरी लेबनानमा भएको घातक इजरायली आक्रमणको जाँच गर्न राष्ट्रसङ्घको आग्रह

  संयुक्त राष्ट्रसङ्घले उत्तरी लेबनानको आइटो गाउँमा भएको इजरायली आक्रमणको ‘तत्काल, स्वतन्त्र र

राष्ट्रसङ्घद्वारा युद्ध सुरु भएयता गाजामा सहायताको ‘सबैभन्दा खराब प्रतिबन्ध’ को निन्दा

संयुक्त राष्ट्रसङ्घले द्वन्द्वग्रस्त गाजाले इजरायल–हमास युद्ध सुरु भएको एक वर्षभन्दा बढी समयदेखि सहयातामा