म्यान्मामा प्रख्यात विद्यार्थी नेता पक्राउ



 

बैंकक । म्यान्माको सुरक्षा बलले व्यापारिक केन्द्र याङ्गुनमा रातको समयमा छापा मारी प्रख्यात विद्यार्थी सङ्घ एवं विरोध समूहका नेतालाई पक्राउ गरेको उनको विरोध समूहका एक सदस्यले  बताएका छन् ।

“एन्टी–जुन्ता अलायन्स याङ्गुन” विरोध समूहका नान लिनले पाइङ फ्यो मिनलाई बुधबार राति याङ्गुनको पूर्वी थाकेता टाउनसिपमा एउटा आवासमा अधिकारीहरू प्रवेश गरेपछि पक्राउ गरिएको जानकारी दिए ।

उनले त्यसपछि पाइङ फ्यो मिनको कुनै खबर थाहा नभएको उल्लेख गर्दै भने, “हामी उहाँको जीवन र सुरक्षाका बारेमा धेरै चिन्तित छौँ ।”

“पाइङ फ्यो मिन पूर्वविद्यार्थी सङ्घका सदस्य र याङ्गुनमा विरोध नेता भएकाले सेनाले उहाँलाई लामो समयदेखि पक्राउ गर्ने प्रयास गरिरहेको थियो”, उनले भने ।

याङ्गुनका जुन्ता अधिकारीहरूसँग तत्काल सम्पर्क हुन सकेको छैन ।

सन् २०१९ मा आङ सान सु कीको अर्ध–नागरिक सरकारको समयमा पाइङ फ्यो मिनलाई सेनाको आलोचना गर्दै व्यङ्गात्मक कविता प्रस्तुत गरेको आरोपमा छ वर्षको जेल सजाय दिइएको थियो ।

उक्त सजायको मानवअधिकार सङ्गठन एमनेस्टी इन्टरनेसनलले आलोचना गरेको थियो र उहाँलाई सन् २०२१ रिहा गरिएको थियो ।

सन् २०२१ मा सेनाले सु कीको सरकारलाई हटाएपछि पाइङ फ्यो मिनले याङ्गुनमा लोकतन्त्र समर्थक प्रदर्शनहरू गर्न सहयोग गर्नुभएको थियो । ती प्रदर्शनलाई पछि सुरक्षा बलले दमन गरेको थियो ।

जुन्ताले याङ्गुनमा सूचनादाता र गुप्तचर प्रहरीहरूको व्यापक नेटवर्क कायम राखेको छ र करिब ८० लाख जनसङ्ख्या भएको यस सहरमा आफ्नो शासनको खुला चुनौतीहरूलाई धेरै हदसम्म दबाएको छ ।

एक स्थानीय अनुगमन समूहका अनुसार तख्तापलटपछि असन्तुष्टि दबाउन जुन्ताले २७ हजारभन्दा बढी मानिसलाई गिरफ्तार गरेको छ ।

मानवअधिकार समूहहरूका अनुसार सुरक्षा बलहरूले असन्तुष्टि दबाउन यातना र यौन हिंसाको प्रयोग गरेका छन् । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले सन् २०२२ मा कम्तीमा दुई सय ९० जनाको हिरासतमा मृत्यु भएको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुवेतको विमानस्थलमा फसेका ६० जना भारतीयको उद्धार

कुवेत । कुवेतमा गल्फ एयरको उडानमा फसेका यात्रुहरू कुवेतबाट सोमबार उद्धार गरेको कुवेतस्थित

बङ्गलादेशमा सौर्य ऊर्जा संयन्त्र निर्माणका लागि एडीबी र एमएसईएलबीच सम्झौता

मनिला । एसियाली विकास बैंक एडिबीले सोमबार बंगलादेशमा ग्रिड जडान गरिएको ‘सौर्य फोटोभोल्टिक

अमेरिकी राष्ट्रपति बाइडनले दिए आफ्ना छोरालाई क्षमादान

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा

गाजामा इजरायली आक्रमणमा कम्तीमा ५४ जनाको मृत्यु

गाजा । गाजामा इजरायली हवाई आक्रमणमा एक पत्रकार र एक नागरिक सुरक्षा अधिकारी