‘देशद्रोही’ टी–शर्ट लगाएको आरोपमा हङकङमा एक व्यक्तिलाई १४ महिनाको सजाय



हङकङ । हङकङका एक व्यक्तिलाई विरोध नारा लगाएको टी–सर्ट लगाएको आरोपमा सहरको नयाँ राष्ट्रिय सुरक्षा कानूनअन्तर्गत देशद्रोही भएको भन्दै बिहीबार १४ महिनाको जेल सजाय सुनाइएको छ।

२७ वर्षीया चु काई–पोङले “देशद्रोही उद्देश्यका साथ काम गरेको“ भन्दै दोषी ठहर गरिएको हो ।

उनलाई सन् २०१९ मा सहरको विशाल र हिंसात्मक प्रजातन्त्र समर्थक विरोध प्रदर्शनसँग सम्बन्धित मिति जुन १२ मा विरोधी वाक्यांश भएको टी–शर्ट र मास्क लगाएको आरोपमा पक्राउ गरिएको थियो।

राष्ट्रिय सुरक्षा मुद्दाहरूको सुनुवाइका लागि सरकारले चयन गरेको मुख्य मजिस्ट्रेट भिक्टर सो ले बिहीबार अदालतले अपराधको गम्भीरतामा व्यवस्थापिकाको दृष्टिकोणलाई पूर्ण रूपमा प्रतिबिम्बित गर्नुपर्ने बताए ।

“अभियुक्तले देशमा अशान्तिलाई पुनः स्थापित गर्ने उद्देश्यले प्रतीकात्मक दिनको फाइदा उठाउनुभयो”, सन् २०१९ को विरोधलाई उल्लेख गर्दै सोले भने ।

बिहीबार एउटा छुट्टै मुद्दामा सोही मजिस्ट्रेटले सार्वजनिक बसको सिटमा विरोध नारा लेखेकोमा देशद्रोही दोषी ठहर गरेपछि एकजनालाई १० महिनाको जेल सजाय सुनाइयो ।

२९ वर्षीय चुङ मान–किटलाई जुनमा पक्राउ गरिएको थियो र उनले प्रहरी समक्ष बसमा विरोधी नारा लेखेको स्वीकार गरेका थिए ।

देशद्रोही अपराध ब्रिटिस औपनिवेशिक शासन अन्तर्गत सिर्जना गरिएको थियो जुन सन् १९९७ मा समाप्त भयो । हङकङका अधिकारीहरूले सन् २०२० मा विरोध प्रदर्शनपछि यसलाई पुनर्जीवित नगरेसम्म यो कानुनलाई विरलै प्रयोग गरिएको थियो ।

बेइजिङले सन् २०२० मा सरकारप्रतिको असहमति रोक्नका लागि सहरमा राष्ट्रिय सुरक्षा कानून लागु गरÞ्यो र मार्चमा ‘धारा २३’ लागु गरियो ।

नयाँ सुरक्षा कानूनले अपराधका अन्य पाँच श्रेणीहरूलाई पनि सजाय दिन्छः राजद्रोह, विद्रोह, तोडफोड, जासुसी र बाह्य हस्तक्षेप ।

यस महिनासम्म, दुई सुरक्षा कानुनअन्तर्गत तीन सय ३ जनालाई पक्राउ गरिएको छ, जसमा १७६ जना विरुद्ध मुद्दा चलाइएको छ भने १६० जनालाई दोषी ठहर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मालीको राजधानीमा भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु, २५० भन्दाबढी घाइते

  मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी

२४ वर्ष जेल बसेपछि फिजीका विद्रोही नेता स्पेइटलाई राष्ट्रपतिबाट माफी

फिजी । फिजीका पूर्व विद्रोही नेता जर्ज स्पेइटलाई बिहीबार राष्ट्रपतिबाट माफी दिइएको छ

श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

श्रीलंका । श्रीलङ्का आर्थिक सङ्कटमाथिको सावधानीपूर्ण अवतरणपछि श्रीलङ्कामा शनिबार मतदान हुन लागेको छ

मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना

मेटा र स्पोटिफाईलगायत कम्पनीको समूहले डाटा गोपनीयता र आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को सन्दर्भमा खण्डित