मध्य मेक्सिकोमा पहिरोमा परी १५ जनाको मृत्यु



 

मध्य मेक्सिकोमा दुईवटा पहिरोमा परी १५ जनाको मृत्यु भएको छ । पहिलो विपत्ति शनिबार राजधानी नजिकैको सान लुइस अयुकान गाउँमा भएको राष्ट्रिय नागरिक सुरक्षा निकायले जनाएको छ ।

पहिरोले बगाएको माटोको ढिस्कोबाट नौ जनाको शव फेला परेको छ भने स्निफर कुकुरको सहयोगमा उद्धार टोलीले तीन जनालाई बचाउन सफल भएको छ ।

त्यही दिन एक शिशुको मृत्यु भएको पुष्टि भएको थियो । तर यो मृत्यु  हुने नौ जनामा हो वा होइन भन्ने स्पष्ट भएको छैन

गाउँका झण्डै एक सय ५० मानिस आफ्नो घरबाट विस्थापित भएका छन् र अहिले आश्रयमा बसिरहेका छन् ।

त्यसपछि सोमबार भारी वर्षाका कारण अर्को पहिरोले नजिकैको नगरपालिका नौकाल्पनमा एउटा घर पुरेको राष्ट्रिय नागरिक सुरक्षा एजेन्सीले सामाजिक सञ्जाल एक्समा बताएको छ ।

स्थानीय अधिकारीहरूले घरमा फसेका एकै परिवारका छ सदस्यको मृत्यु भएको र अन्य तीन जना घाइेते भएको पुष्टि गरे ।

मेक्सिकोमा विशेषगरी मेदेखि नोभेम्बरसम्म चल्ने वर्षा र आँधीको मौसममा पहिरो जानु सामान्य हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका र भारतले पृथ्वी–अवलोकन गर्ने उपग्रह प्रक्षेपण गर्ने

लस एन्जलस । नासा र भारतीय अन्तरिक्ष अनुसन्धान संगठठन (इसरो) ले आगामी मार्च

जापानमा आगलागीमा परी आठ जनाको मृत्यु

टोकियो । जापानमा शनिबार आगलागीमा परी आठ जनाको मृत्यु भएको छ। टोकियोको दक्षिणी भागमा

पाकिस्तानमा आतंकवादी आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते

इस्लामाबाद  । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६

श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

कोलम्बो । श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५ दशमलव ५ प्रतिशतले