जापानमा गर्मीको उच्च रेकर्ड कायम



जापानका अधिकांश भागहरू कान्टोदेखि क्युसुसम्म शनिबार ग्रीष्मको अन्तिम समयमा तीव्र गर्मीको अनुभव भएको देशको मौसमसम्बन्धी निकायले जनाएको छ ।

जापानको मौसम विज्ञान निकाय (जेएमए) ले देशभरका ९१४ निगरानी स्थानहरूमध्ये ५४२ मा ३० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम रेकर्ड गरेको छ ।

नागासाकी प्रिफेक्चरको मिनामिशिमाबारा सहरमा राष्ट्रव्यापी सबैभन्दा बढी तापक्रम ३७.८ डिग्री सेल्सियस रहेको तथ्याङ्कले देखाएको छ ।

मध्य टोकियोको चियोडामा ३४.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । जेएमएका अनुसार चियोडामा सन् १९४२ सेप्टेम्बर १२ मा ३५ डिग्री तापक्रम रेकर्ड गरेको थियो ।

जेएमएका अनुसार आइतबार मौसम परिवर्तन हुने अपेक्षा गरिएको छ । उत्तरबाट पूर्वी जापानको दक्षिणतर्फ सर्ने मौसमी चक्रले कान्टो–कोशिनजस्ता क्षेत्रमा वर्षा ल्याउनेछ । जापानको राजधानी टोकियोको तापक्रम त्यसपछि पनि ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चक्रवात ‘यागी’बाट दक्षिण पूर्वी एसियाका ६० लाख बालबालिका प्रभावित

चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका

जम्मु–कस्मिरमा विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु

श्रीनगर । भारत प्रशासित जम्मु–कस्मिरमा दश वर्षपछि बुधबार विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान

हिजबुल्लाहको पेजर विस्फोटमा लेबनानमा नौ जनाको मृत्यु, राजदूतसहित २८ घाइते

बीबीसी । सशस्त्र समूह हिजबुल्लाहका सदस्यले बोकेको पेजर विस्फोट हुँदा लेबनानमा ९ जनाको

चीनले १२ आणविक अनुसन्धान केन्द्र खोल्ने

चीनले विश्वव्यापी सहयोग बढाउन अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाका लागि १२ वटा आणविक अनुसन्धान