आसियानद्वारा हरित अर्थतन्त्रका लागि विश्वव्यापी सहयोगको आह्वान



दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन (आसियान) ले स्वच्छ ऊर्जालाई प्रवर्द्धन गर्दै हरित अर्थतन्त्रमा विश्वव्यापी सहयोगलाई अगाडि बढाउन विकसित र विकासोन्मुख देशलाई आह्वान गरेको छ ।

इन्डोनेसियाको जकार्तामा बिहीबारदेखि शुक्रबारसम्म आयोजना गरिएको अन्तर्राष्ट्रिय दिगोपन सम्मेलन (आईएसएफ) को पहिलो दिनमा यो प्रतिबद्धता गरिएको थियो । सम्मेलनमा विश्व नेता, निर्णय निर्माता, सीईओहरू र विशेषज्ञहरूको सहभागिता रहेको थियो ।

इन्डोनेसियाको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष अर्सजाद रसजिदले सम्मेलनलाई सम्बोधन गर्दै दक्षिणपूर्वी एसियामा नवीकरणीय उर्जा र प्राकृतिक स्रोतको ठूलो सम्भावना भएको बताए ।

‘आसियानसँग हरित अर्थतन्त्र र ऊर्जा क्षेत्रहरूमा अगुवा बन्ने क्षमता छ’,रसजिदले भने, ‘यसका लागि विकासोन्मुख मुलुकलाई विकासशील मुलुकसँगको सहकार्य आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियाद्वारा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण

  उत्तर कोरियाले बुधबार बिहानै छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको सोलको सेनाले

गाजा युद्धविराम प्रयासलाई अगाडि बढाउन अमेरिकी विदेशमन्त्री इजिप्ट भ्रमणमा

कायरो । लेबनानमा भएको ‘पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि

फ्रान्सको आर्थिक अवस्था गम्भीर रहेको प्रधानमन्त्री बार्नियरको भनाई

पेरिस । फ्रान्सको सार्वजनिक वित्तको ‘वास्तविकता’ मापन गर्न थप जानकारी आवश्यक रहेको भन्दै

चक्रवात ‘यागी’बाट दक्षिण पूर्वी एसियाका ६० लाख बालबालिका प्रभावित

चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका