लखनउमा भवन भत्किँदा चारजनाको मृत्यु, २८ जनाको उद्धार



लखनउको यातायात नगर क्षेत्रमा रहेको एक भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने २८ जनालाई उद्धार गरिएको छ । त्यहाँ अरु धेरै जना फसेका छन् ।

लखनउका जिल्ला मजिस्ट्रेट सूर्यपाल गङ्गवारले चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् । “हालसम्म २८ जनाको उद्धार गरिएको छ । राष्ट्रिय प्रकोप प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिक्रिया कोष (एसडीआरएफ), अग्नी नियन्त्रक र प्रहरीले घटनास्थलमा उद्धार कार्य गरिरहेका छन्,” लखनउ नगरपालिका आयुक्त इन्द्रजित सिंहले भने ।

प्रमुख अग्नी नियन्त्रक अधिकृत (सीएफओ) मङ्गेश कुमारले भत्किएको भवनमा अझै धेरै मानिस फसेको आशङ्का गरिएको बताए । “अझै धेरै मानिसहरू फसेको भनिएको छ । फसेकाहरुको यकिन सङ्ख्या थाहा हुन सकेको छैन,” कुमारले भने ।

अलपत्र परेकाहरुको उद्धार कार्य जारी रहेको छ । दमकल विभाग, एनडीआरएफ र एसडीआरएफ टोली घटनास्थलमा छन् । घाइतेहरुलाई अस्पताल पठाउने काम भइरहेको छ । थप विवरणहरू आउन बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानका १० सांसद्लाई जमानतमा रिहा गर्न अदालतको आदेश

इस्लामावाद । पाकिस्तानको एक आतङ्कवादविरोधी अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका

पोलिश प्रधानमन्त्रीद्वारा आँधी प्रभावित क्षेत्रका लागि २६ करोड डलर सहायता घोषणा

  वार्सा  । प्रधानमन्त्री डोनाल्ड टस्कले सोमबार पोल्यान्डमा बोरिस आँधीबाट प्रभावित मानिसहरूका लागि

इरानी नोबेल पुरस्कार विजेताद्वारा महिलामाथि हुने ‘उत्पीडन’ विरुद्ध कारवाही गर्न आग्रह

  पेरिस । महिलाको नेतृत्वमा भएको विरोध आन्दोलन सुरु भएको दुई वर्षपछि जेलमा

जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च

टोकियो । जापानमा यसवर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या