इन्डोनेसियामा बाढी पहिरोमा परी ११ जनाको मृत्यु



इन्डोनेसियाको गोरोन्टालो प्रान्तको बोन बोलान्गो रिजन्सीमा सुनको खानीमा ठोक्किएको पहिरो र आकस्मिक बाढीबाट प्रभावित भई मृत्यु हुनेको सङ्ख्या ११ पुग्नुका साथै १७ जना बेपत्ता भएका विपद् व्यवस्थापन निकाय एक वरिष्ठ अधिकारीले सोमबार बताएका छन् ।

भारी वर्षाले शनिबार मध्यरातमा रिजेन्सीमा अवस्थित खानीमा पहिरो तथा आकस्मिक बाढी निम्त्याएकाले खनिक शिविरहरूमा ठोक्कादा तिनीहरूलाई बगाएको क्षेत्रीय विपद् व्यवस्थापन निकायको परिचालन एकाईका प्रमुख अच्रिल बेबीओङ्गोले बताए ।

यस अभियानमा स्थानीय खोजी तथा उद्धार विभागका करिब १८० जना कर्मचारी, सैनिक, प्रहरी र विपद् एजेन्सीका कर्मचारीहरू संलग्न रहेको बेबीओङ्गोलको भनाइ छ ।

गोरोन्टालो खोजी र उद्धार टोलीका प्रमुख हेरियान्तोले सोमबार खनन स्थलको दुर्गम स्थान र चुनौतीपूर्ण सडक अवस्थाले खोजी प्रयासमा बाधा पुर्याएको भन्दै भाँचिएका पुलहरूका कारण सवारी साधनहरूद्वारा दुर्गम थिए र पैदल यात्रा आवश्यक भएको बताए ।

क्षेत्रीय विपद् व्यवस्थापन एजेन्सीले पाँच उप–क्षेत्रका २८८ घरहरू प्रभावित भएको र मुख्यतया माटो र भग्नावशेषले भरिएको जनाएको छ भने प्रकोपबाट कम्तीमा एक हजार २९ जना प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा सिरियामा रहेको इरानी अटोमोबाइल कारखानामा आक्रमण

दमास्कस ।  । सिरियाको मध्य प्रान्त होम्समा रहेको इरानी अटोमोबाइल कारखानामा आइतबार तीनवटा

इजरायल–हमास युद्ध अन्त्यका लागि बेलायत, जर्मनी र फ्रान्सको आग्रह

लण्डन । इजरायल-हमास युद्ध तत्काल रोक्न युद्ध विराम गरिनुपर्ने बेलायत, जर्मनी र फ्रान्सले

गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेका एक मस्जिद

सन् २०५० मा १० प्रतिशतभन्दा बढी जापानी वृद्धवृद्धाको नजिकको नातेदार नहुने

टोकियो । जापानमा सन् २०५० मा ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका