स्पेनी प्रधानमन्त्री साञ्चेजकी पत्नीद्वारा अदालतसमक्ष बयान



स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमती भ्रष्टाचार मुद्दाको प्रारम्भिक अनुसन्धानका क्रममा शुक्रबार न्यायाधीशसमक्ष बयान दिन म्याड्रिडको अदालतमा पुगेकी छन् ।

निजी क्षेत्रमा भ्रष्टाचार र तस्करीको अपराधको आरोपमा बेगोना गोमेजलाई गत महिना म्याड्रिडको अदालतले जुलाई ५ मा ‘अनुसन्धान पक्ष’को रूपमा सोधपुछका लागि बोलाएको थियो ।

उनी बिहान १०ः३० बजे म्याड्रिडको अदालतमा आइपुगेकी थिइन् । अदालतमा प्रारम्भिक अनुसान्धान चलाइरहेका न्यायधीश जुआन कार्लोस पेनाडोसमक्ष बन्द इजलासमा उनले बयान दिनेछिन् ।

भ्रष्टाचार विरोधी एनजिओ मनोस लिम्पियास (क्लिन ह्यान्ड्स) ले गोमेजविरुद्ध उजुरी दर्ता गरेपछि अप्रिल १६ बाट मुद्दाको प्रारम्भिक अनुसन्धान सुरु गरिएको हो ।

दक्षिणपन्थी विपक्षीले सान्चेज र उनको वामपन्थी सरकार भ्रष्ट भएको दाबी गरेको प्रमाणको रूपमा यस मामिलामा आक्रमण गरेको हो । तर उनले आफ्नो सरकारलाई अपदस्थ गर्ने उद्देश्यले यो आरोप लगाएको भन्दै यस अभियानको निन्दा गरेका छन् ।

अप्रिल महिनाको अन्त्यमा अनुसन्धानको खबर आएपछि सान्चेजले दक्षिणपन्थीद्वारा राजनीतिक उत्पीडनको अभियानको रूपमा यो आरोप लगाएको भन्दै राजीनामा दिने विचार गरिरहेको बताएका थिए ।

म्याड्रिडका अभियोजकहरूले प्रमाणको अभावमा मुद्दा खारेज गर्न अनुरोध गरेका थिए तर अदालतले उक्त अपिल मान्य नभएको भन्दै अनुसन्धान न्यायाधीशले जुलाईका लागि समाह्वान जारी गरेका थिए ।

कानुनी कागजातले गोमेज र सल्लाहकार कार्लोस ब्यारेब्स बीचको व्यावसायिक सम्बन्धमा अनुसन्धान केन्द्रित रहेको देखाउँछ ।

मे महिनाको अन्त्यमा प्रकाशित गरिएका कागजातहरूमा अदालतले गोमेजले सन् २०२० मा धेरै सार्वजनिक अनुबन्धका लागि संयुक्त उद्यम बोलीमा प्रदान गरेको समर्थनको खोजी गरिरहेको बताएको थियो ।

यस हप्ताको सुरुमा अनुसन्धान न्यायाधीशले गोमेजलाई  श्रीमान प्रधानमन्त्री बनेदेखिको गोमेजको सबै कार्य, आचरण र व्यवहारको अनुसन्धान भइरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कम्बोडियामा पाँच वर्षीया बालिकालाई एच–५ एन–१ बर्डफ्लू पुष्टि

दक्षिणी कम्बोडियाको टेकेओ प्रान्तकी पाँच वर्षीया बालिकामा एच–५एन–१ बर्डफ्लूको अर्को मानव केस पुष्टि

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

इजरायली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा सन् २०२३ अक्टोबर ७ मा आफ्नो

बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका

इन्डोनेसियामा बाढी पहिरोमा परी ११ जनाको मृत्यु

इन्डोनेसियाको गोरोन्टालो प्रान्तको बोन बोलान्गो रिजन्सीमा सुनको खानीमा ठोक्किएको पहिरो र आकस्मिक बाढीबाट