चिनियाँ प्रधानमन्त्रीद्वारा एआईको क्षेत्रमा विश्वव्यापी सहकार्यको आह्वान



चिनियाँ प्रधानमन्त्री ली किआङले खुला मानसिकताका साथ आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को क्षेत्रमा विश्वव्यापी सहकार्यको आह्वान गरेका छन् ।

चीनले विशेष गरी जेनेरेटिभ एआईको क्षेत्रमा ध्यान दिईरहेको छ । संयुक्त राष्ट्र सङ्घले बुधबार बेइजिङ विश्वव्यापी रूपमा जेनेरेटिभ एआई पेटेन्ट दर्ताको अग्रणीमा रहेको बताएको छ ।

अमेरिका र अन्य देशहरूले चिनियाँ प्रविधिलाई जासुसी कार्यका लागि प्रयोग गर्न सकिने दाबी गरेको छ । तसर्थ चीनको हुवावे कम्पनीले इन्टेल एआई प्रविधिद्वारा सञ्चालित कम्प्युटरको अनावरण गरेपछि अप्रिलमा वासिङ्टनले केही चिप निर्यातका लागि इजाजतपत्र रद्द गरेको थियो ।

चिनियाँ प्रधानमन्त्री लीले बिहीबार देशहरूलाई खुला मानसिकता राख्न र एआईमा अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिन आग्रह गरे ।

“प्रत्येक देशका लागि एआई प्रविधिको आफ्नै फाइदाहरू छन्, त्यसैले हामीले आपसी सहयोगमा संलग्न हुनुपर्दछ,” लीले साङ्घाईमा आयोजित विश्व एआई सम्मेलन (डब्ल्यूएआईसी) को उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने ।

चिनियाँ प्राविधि कम्पनीहरूले बहु–दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनमा धेरै नयाँ एआई उत्पादनहरू अनावरण गर्ने अपेक्षा गरिएको छ ।

लीले देशहरूलाई ‘सीमापार डाटाको आवगमन, उपकरणको स्वतन्त्र व्यापार र पूर्वाधारको कनेक्टिभिटी’ लाई बढावा दिन आग्रह गरे ।

उनले एआई प्रविधिको द्रूत विकासले ल्याएको जोखिमलाई पनि अन्तर्राष्ट्रियरूपमा ठोस ध्यान दिन आवश्यक रहेको चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पसँगको बहस ‘कमजोरी र संज्ञानात्मक ह्रासको प्रमाण हुनै नसक्ने’ बाइडेनको दावी

अमेरिकी राष्ट्रपति पदका लागि जो बाइडनले ह्वाइट हाउसको निर्वाचनबाट अलग्गिनु पर्ने आवाज उठिरहेका

नाटो महासचिवद्वारा युक्रेनलाई सैन्य सहायता गर्न ४० अर्ब युरोको घोषणा

उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनलाई अर्को वर्ष ४०

भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै अन्य

लेबनान–इजरायल सीमामा तनाव बढ्ने राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्रसङ्घले ब्लू लाइन भनेर चिनिने लेबनान–इजरायल सीमामा बढ्दो झडपबारे गम्भीर चिन्ता व्यक्त