भारतमा धार्मिक सभामा भागदौड हुँदा करिब एक सय जनाको मृत्यु



 

उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा करिब एक सय जनाको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् ।

एक लोकप्रिय प्रचारकको प्रवचनका लािग हाथरस सहर नजिकै ठूलोीिभड जम्मा भएको थियो तर मानिसहरू बाहिर निस्कँदै गर्दा धुलोको ठूलो आँधीले आतङ्क फैलाएको थियो ।

धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को खसेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो ।

“हामीले अहिलेसम्म ९७ जनाको मृत्यु भएको पुष्टि गरेका छौँ । पीडितहरूका लागि राहत र चिकित्सा सहायता प्रदान गर्न ध्यान केन्द्रित गरिरहेका छौँ”, उत्तर प्रदेश राज्यको अलीगढ सहरका डिभिजनल कमिश्नर चैत्र वी.ले भने, “उपस्थित मानिसहरूले कार्यक्रम स्थलबाट बाहिर निस्कँदै गर्दा धुलोको आँधीले केही देख्न सकेनन् र भागदौड सुरु भयो र त्यसपछि दुःखद घटना भयो ।”

राज्यका मुख्य चिकित्सा अधिकारी उमेशकुमार त्रिपाठीका अनुसार मृतकमध्ये अधिकांश महिला थिए । धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको उनले बताए । एम्बुलेन्सको लाइनले घाइतेहरूलाई अस्पताल पुर्यायो ।

आलाप विलाप गर्ने महिलाहरू र रुँदै गरेका पुरुषहरू एटा सहरको शवगृहबाहिर भेला भएका थिए । त्यहाँ मृतकहरूलाई राखिएको थियो । उनीहरूले आफन्तहरूबारे जानकारी लिइरहेका थिए ।

“जब प्रवचन सकियो, सबै मानिस बाहिर भाग्न थाले”, शकुन्तला मात्र नाम बताउने एक महिलाले प्रेस ट्रस्ट अफ इन्डियालाई भन्यो “मानिसहरू सडक किनारको नालीमा खसे, उनीहरू एकमाथि अर्को खस्न थाले र कुल्चिएर मृत्यु भयो ।”

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘दुःखद घटना’ मा मृत्यु भएकाहरूका परिवारहरूलाई दुई हजार चार सय डलर र घाइतेहरूलाई छ सय डलर क्षतिपूर्तिको घोषणा गरे ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “मेरो समवेदना आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति छ, म सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

राष्ट्रपति द्रौपदी मुर्मूले पनि मृत्युलाई ‘हृदयविदारक’ भन्दै ‘गहिरो समवेदना’ व्यक्त गरेकी छन् ।

भारतमा प्रमुख धार्मिक चाडपर्वहरूमा पूजास्थलहरूमा घातक घटनाहरू सामान्य हुन् । भारतमा धार्मिक समारोहहरूमा खराब भीड व्यवस्थापन र कमजोर सुरक्षा त्रुटिहरूका कारण हुने घातक घटनाहरूको डरलाग्दो रेकर्ड छ ।

सन् २०१६ मा हिन्दूहरूको नववर्षको उपलक्ष्यमा एउटा मन्दिरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको ठूलो विस्फोटपछि कम्तिमा एक सय १२ जनाको मृत्यु भएको थियो ।

विस्फोटबाट कङ्क्रिटका भवनहरू भत्केका थिए र हजारौँ मानिस एकत्रित भएका केरल राज्यको एउटा हिन्दू मन्दिर परिसरमा आगो लागेको थियो ।

सन् २०१३ मा मध्य प्रदेशको एउटा मन्दिर नजिकै पुलमा भागदौड मच्चिँदा एक सय १५ श्रद्धालुको मृत्यु भएको थियो । उक्त क्षेत्रमा चार लाखभन्दा धेरै मानिस जम्मा भएका थिए र पुल भत्किँदै छ भन्ने हल्ला फैलिएपछि भागदौड मच्चिएको थियो ।

सन् २००८ मा उत्तरी सहर जोधपुरमा एक पहाडी मन्दिरमा भागदौड मच्चिँदा दुई सय २४ तीर्थयात्रीको मृत्यु भएको थियो भने चार सयभन्दा धेरै घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजाका ९० प्रतिशत जनसङ्ख्या विस्थापित

  संयुक्त राष्ट्रसङ्घका अधिकारीले नौ महिनादेखि जारी इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीको

म्यान्मामा नरसंहार बढेको राष्ट्रसङ्घका अधिकारीको चेतावनी

  संयुक्त राष्ट्रसङ्घका एक विज्ञले म्यान्माको रखाइन राज्यले आठ वर्षअघि दमनमा परेका रोहिङ्ग्या

कर भुक्तानीलाई प्रोत्साहन गर्न पाकिस्तानद्वारा दुई लाखभन्दा बढी सिमकार्ड ब्लक

  पाकिस्तानको कर प्राधिकरणले राजस्व सीमा बढाउनका लागि कर रिटर्न दाखिला नगरेका प्रयोगकर्ताहरूको

लडाइँबाट भाग्दै गर्दा सुडानमा २५ जनाको डुबेर मृत्यु

  सुडानको दक्षिणपूर्वमा सुडानी सेना र अर्धसैनिक बलबीचको लडाइँबाट भाग्न खोज्ने करिब २५