फ्रान्समा आप्रवासी विरोधी ‘न्याशनल र्याली’ पार्टीको अग्रता



बीबीसी । फ्रान्समा भएको पहिलो चरणको संसदीय निर्वाचनमा अतिदक्षिणपन्थी दलले अग्रता लिएको छ । त्यसले अब त्यहाँको संसद्मा उक्त दलको वर्चश्व हुनसक्ने देखिएको छ र सम्भवतः उनीहरूका निम्ति सत्ताको ढोका पनि खुल्न सक्छ ।

मारिन ल पेनको आप्रवासी विरोधी ‘न्याशनल र्याली’ (आरएन) पार्टीले पहिलो चरणको नतिजापछि उल्लास मनाइरहेको छ। पेनले ‘राष्ट्रपति एमानुएल माक्रोँको खेमा मेटिने’ दाबी समेत गरेकी छन् ।

पहिलो चरणको निर्वाचनमा ‘आरएन’ ले ३३.२ प्रतिशत मतका साथ अग्रता लिएको छ भने वाम घटकहरूले २८.१ प्रतिशत मतका साथ उक्त अतिदक्षिणपन्थी दललाई पछ्याइरहेका छन् । राष्ट्रपति माक्रोँको गठबन्धन भने २१ प्रतिशत मतका साथमा तेस्रो स्थानमा रहेको अवस्था छ ।

‘यदि फ्रान्सेलीहरूले हामीलाई उनीहरूको मत दिए भने म सबै फ्रान्सेली जनताको प्रधानमन्त्री बन्ने लक्ष्य राख्छु,’ आरएन पार्टीका २८ वर्षे नेता जोर्डन बार्डेलाले भने ।

ल पेन र बार्डेलाले ५७७ सीट रहेको ‘न्याशनल एसेम्बली’मा स्पष्ट बहुमतका लागि कुल २८८ सीट ल्याउन चाहेका छन् । तर आगामी आइतबारको दोस्रो चरणको मतदानमा उनीहरूको सीट सङ्ख्या घट्ने र बहुमत पुर्याउन उक्त दललाई सीट सङ्ख्या कम हुने ठानिएको छ ।

स्पष्ट बहुमत पाएन भने फ्रान्सको विशाल संसदमा आरएनले आप्रवासन, कर कटौती र कानुनी व्यवस्थासम्बन्धी आफ्ना योजनाहरू पारित गराउन सफल हुने छैन ।

फ्रान्सेली संसदीय निर्वाचनको पहिलो चरणमा सन् १९९७ यता यसपालि सबैभन्दा बढी मत खसेको बताइएको छ । पहिलो चरणबाट न्याशनल र्यालीका ३९ जना सांसदहरू निर्वाचित भइसकेका छन् भने वामपन्थी न्यू पपुलर फ्रन्टबाट ३२ जना निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी

भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो

उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण घाइते भएका

इजरायली निर्देशनपछि राष्ट्रसङ्घीय मानवीय सहयोग समूह चिन्तित

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयोग समूहले मङ्गलबार खान युनूस र राफाह प्रान्तको ११७ वर्ग

जर्जियामा सैनिक विमान दुर्घटना हुँदा पाइलटको मृत्यु

  एक जर्जियाली सैन्य पाइलटको एक प्रशिक्षण अभ्यासका क्रममा विमान दुर्घटना हुँदा मृत्यु