आम निर्वाचनमा बेलायती सरकारद्वारा रुसी हस्तक्षेपको चेतावनी



बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेनले आगामी आम निर्वाचनमा मुलुकको लोकतान्त्रिक प्रक्रियालाई प्रभावित पार्न प्रयास गर्ने रुसजस्ता शत्रुतापूर्ण तत्वबाट खतरा रहेको बताएका छन् ।

बेलायतमा बिहीबार मतदान हुँदैछ । निर्वाचनले सत्ताधारी दक्षिणपन्थी कन्जरभेटिभलाई हटाउने र विपक्षी लेबर पार्टीलाई सत्तामा ल्याउने अपेक्षा गरिएको छ ।

अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसनले क्रेमलिन समर्थक वार्ताका विन्दुहरू फैलाउने पाँच फेसबुक पेज पत्ता लगाएको खुलासा गरेपछि उनको यस्तो टिप्पणी आएको हो ।

तीमध्ये केहीले सत्तारू कन्जरभेटिभका लागि ठूलो चुनौतीका रूपमा रहेको ब्रेक्सिटियर (बेलायतलाई युरोपेली सङ्घबाट निकाल्ने पक्षधर) निगेल फराज नेतृत्वको कट्टर दक्षिणपन्थी रिफर्म युके पार्टीका लागि समर्थन गर्न प्रोत्साहित गरेका छन् ।

“सबै निर्वाचनमा खतरा छ, र वास्तवमा यो निर्वाचनमा शत्रुतापूर्ण राज्य अभिनेताहरूबाट निर्वाचन अभियानको नतिजालाई प्रभावित गर्ने प्रयास गरिरहेको देख्छौँ”, उपप्रधानमन्त्री डाउडेनले भने, “रुस यसको प्रमुख दृष्टान्त हो, र यो रुसी प्लेबुकबाट एउटा उत्कृष्ट उदाहरण हो ।” यद्यपि उनले ‘उदाहरण अपेक्षाकृत विशिष्ट, निम्नस्तरीय सामग्री’ रहेको बताए ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशंसक फराजले बकवास शब्दका लागि बेलायती ‘स्ल्याङ’ शब्दको प्रयोग गर्दै रुसी बटहरूले निर्वाचनमा हस्तक्षेप गर्न सक्छन् भन्ने दाबीलाई अस्वीकार गरे ।

युक्रेनमा रुसको आक्रमणलाई पश्चिमले उक्साएको भन्दै निर्वाचन अभियानमा उनको आलोचना भएको थियो । उनको अध्यागमनविरोधी पार्टीलाई प्रधानमन्त्री ऋषि सुनकको टोरीजबाट मत खोसेर केन्द्रको विपक्षी लेबर पार्टीको भारी जीतमा योगदान पुर्याउने सर्वेक्षणकर्ताहरूको भनाइ छ ।

निर्वाचन अभियानका क्रममा लेबर पार्टीलाई २० भन्दा धेरै अङ्कको चुनावी अग्रता प्राप्त भएको छ  ।
बीबीसीसँग उनले भने, “मैले धेरै कठिन सङ्घर्ष गरिरहेको छु र मलाई लाग्छ कि जनता लेबर सरकारको वास्तविक खतराप्रति जागरुक भइरहेका छन् ।”

प्रभावशाली दक्षिणपन्थी अखबार सन्डे टाइम्सले आफ्नो पार्टीलाई समर्थन गरेपछि केइर स्टार्मरको नेतृत्वमा रहेको लेबरलाई थप अर्को अग्रता प्राप्त भएको छ । बेलायती गायक एन्टन जोनले पनि लेबर पार्टीलाई समर्थन गरेको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा धार्मिक सभामा भागदौड हुँदा करिब एक सय जनाको मृत्यु

  उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा करिब एक सय जनाको मृत्यु

केन्यामा कर वृद्धि विरोधी प्रदर्शनमा ३९ जनाको मृत्यु, तीनसय ६० भन्दाबढी घाइते

कर वृद्धि सम्बन्धी नयाँ विधेयक को विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा

उत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु

  उत्तर प्रदेशको हाथरसमा मङ्गलबार एक धार्मिक कार्यक्रममा २५ महिला र दुई पुरुषसहित

भारतमा एकै परिवारका पाँच जना झुण्डिएको अवस्थामा मृत फेला

भारतको मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँचजना घरभित्र झुण्डिएको