पाकिस्तान र इरानबाट १३ हजारभन्दा बढी अफगान आप्रवासी फिर्ता



इरान र पाकिस्तानबाट गत हप्ता १३ हजार ४४७ जना अफगानी आप्रवासीलाई स्वदेश फिर्ता पठाएको ‘द खामा प्रेस’ले जनाएको छ ।

तालिबान नेतृत्वको मन्त्रालयका अनुसार महिला र बालबालिकासहित कुल शरणार्थीमध्ये १० हजार २२५ लाई इरानबाट र तीन हजार दुईसय २२ जनालाई पाकिस्तानबाट फिर्ता गरिएको थियो ।

अफगानी आप्रवासीहरू तोरघुन्डी, स्पिन बोल्डक, इस्लाम काला र मैत्री पुल जस्ता सीमाबाट अफगानिस्तान फर्केको मन्त्रालयले विस्तृत जानकारी दिएको छ ।

हालैका महिनामा पाकिस्तान र इरानबाट अफगान आप्रवासीहरूको फिर्ती तीव्र रूपमा बढेको छ । दुवै देशले उचित आवासीय कागजात नभएकाहरूलाई अफगानिस्तानमा फिर्ता पठाएको दाबी गरेको द खामा प्रेसले जनाएको छ ।

केही निर्वासित आप्रवासीहरूले वैध निवास कागजातहरू भए पनि उनीहरूलाई प्रहरीले हिरासतमा लिएको र जबरजस्ती अफगानिस्तान फिर्ता गरेको आरोप लगाएका छन् । धेरै अफगान आप्रवासीहरूले आफ्नो शिविरमा इरानी प्रहरीले दुब्र्यवहार गरेको उदाहरणसहित दस्तावेज तयार पारेका छन् ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले यसअघि अफगानिस्तानसँगको सिमानामा अन्तर्राष्ट्रिय कानुन कडाइका साथ लागु गर्ने इच्छा व्यक्त गरेका थिए ।

यी घटनाक्रमबीच, अफगानिस्तानले हजारौँ आप्रवासीहरूको जबरजस्ती फिर्तीबाट बढेको गम्भीर मानवीय संकटको सामना गरिरहेको छ । यो अवस्थाले अफगानी शरणार्थीहरूको अधिकार र सुरक्षाको रक्षा गर्न जारी मानव अधिकारको उल्लङ्घन र चुनौतिहरूलाई प्रकाश पार्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तान र इरानबाट एक लाख १५ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता

गत एक महिनामा करिब एक लाख १५ हजार अफगानी शरणार्थी छिमेकी देश पाकिस्तान

निकासी आदेश पछि इजरायलद्वारा दक्षिणी गाजामा पुनःआक्रमण

सेनाले पुनः सघन जनसङ्ख्या भएका क्षेत्रहरू खाली गर्न आदेश दिएपछि सयौँ प्यालेस्टिनीलाई भाग्न

इजरायल गाजामा हमास उन्मूलनको अन्तिम चरणमा रहेको नेतान्याहुको भनाई

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार आफ्नो देश गाजा पट्टीमा हमासको सशस्त्र बललाई उन्मूलन

भारतमा जिएसटीद्वारा दैनिक उपभोग्य वस्तुको मूल्यमा कमी 

कपालमा लगाउने तेल, टूथपेस्ट, साबुन, डिटर्जेन्ट र लुगा धुने पाउडर, गहुँ, चामल, दही,