इरानको राष्ट्रपतीय निर्वाचनमा पेजेस्कियानलाई ४२.४ र जलिलीलाई ३८.६ प्रतिशत मत प्राप्त



इरानमा सम्पन्न पहिलो चरणको राष्ट्रपतीय चुनावमा एक मात्र सुधारवादी उम्मेदवार मसूद पेजेस्कियानले कट्टरपन्थी सइद जलिलीको भन्दा करिब चार प्रतिशत बढी ल्याउन सफल भएका छन् । पहिलो चरणको निर्वाचन यही जुन २८ गते सम्पन्न भएको थियो ।

निर्वाचन अधिकारीका अनुसार पेजेस्कियानले ४२.४ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने पूर्व आणविक वार्ताकार जलिलीले ३८.६ प्रतिशत मत प्राप्त गरेका छन् । यो राष्ट्रपतिको निर्काचनका लागि चाहिने आवश्यक बहुमतभन्दा कम हो ।

त्यसैगरी, सभामुखबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिएका मोहम्मद बघेर गालिबाफले १३.८ प्रतिशत मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार मुस्तफा पौरमोहम्मदीले एक प्रतिशतभन्दा कम मत प्राप्त गरेका छन् ।

इरानी संविधान अनुसार राष्ट्रपतिका लागि कुनै पनि उम्मेदवारले बहुमत (५० प्रतिशत वा योभन्दा बढी) मत प्राप्त नगरेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

शनिबार पहिलो चरणको निर्वाचन परिणाम घोषणा गर्दै निर्वाचन आयोगका प्रवक्ता मोहसेन इस्लामीले भने, “पहिलो चरणको निर्वाचनबाट कुनै पनि उम्मेदवारले पूर्ण बहुमत प्राप्त गर्न नगरेको र दोस्रो चरणको निर्वाचनपूर्व निर्धारित कार्यक्रम अनुसार जुलाई ५ मा हुनेछ ।”

चुनावपछिको आफ्नो पहिलो टिप्पणीमा पेजेस्कियानले आफ्ना समर्थकलाई धन्यवाद दिँदै आगामी शुक्रबार फेरि मतदान गरी देशलाई गरिबी, झूट, भेदभाव र अन्यायबाट बचाउन आग्रह गरेका छन् ।

सुधारवादी समूह निकट मानिने पत्रिका इटेमादको वेबसाइटमा प्रशारित एक भिडियोमा उनले भने, “तपाईंको उपस्थितिले मनोवृत्ति, व्यवहार, वार्तालाप र स्रोतहरूको वितरण र बाँडफाँडमा परिवर्तनको लागि नयाँ आवाजको आधार बन्नेछ भन्ने मलाई पूर्ण आशा छ ।”

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले शुक्रबार हुने मतदानमा उच्च सहभागिताका लागि आह्वान गरेका छन् ।

निर्बाचनमा छ करोड १० लाख मतदातामध्ये ४० प्रतिशतभन्दा केही बढीले मात्र भाग लिएका थिए । इस्लामिक गणतन्त्र इरानका लागि यो इतिहासमा नै सबैभन्दा कम मतदान प्रतिशत थियो । मतदानमा १० लाखभन्दा बढी मत बदर भएका छन् ।

यो निर्वाचन सन् २०२५ मा हुने तय भएको थियो तर गत महिना हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम राइसीको निधन भएपछि यो निर्वाचन अघि सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तान र इरानबाट एक लाख १५ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता

गत एक महिनामा करिब एक लाख १५ हजार अफगानी शरणार्थी छिमेकी देश पाकिस्तान

निकासी आदेश पछि इजरायलद्वारा दक्षिणी गाजामा पुनःआक्रमण

सेनाले पुनः सघन जनसङ्ख्या भएका क्षेत्रहरू खाली गर्न आदेश दिएपछि सयौँ प्यालेस्टिनीलाई भाग्न

इजरायल गाजामा हमास उन्मूलनको अन्तिम चरणमा रहेको नेतान्याहुको भनाई

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार आफ्नो देश गाजा पट्टीमा हमासको सशस्त्र बललाई उन्मूलन

भारतमा जिएसटीद्वारा दैनिक उपभोग्य वस्तुको मूल्यमा कमी 

कपालमा लगाउने तेल, टूथपेस्ट, साबुन, डिटर्जेन्ट र लुगा धुने पाउडर, गहुँ, चामल, दही,